IMG-LOGO

नव आगन्तुक विद्यार्थीलाई अभिमुखिकरण कार्यक्रम

 सोम, सावन ६, २०८२  --

 

     ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले कक्षा ११ मा अध्ययन गर्न आएका नव आगन्तुक विद्यार्थीहरुको लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । प्रतिष्ठानका अध्यक्ष सुरकृष्ण वैद्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक, पत्रकार तथा प्रशासनिक कर्मचारीहरुको सहभागीता रहेको थियो ।

     कार्यक्रमको प्रारम्भमा संस्थाका प्रबन्ध निर्देशक प्रताप वैद्यले नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत मन्तव्य दिदै, ज्ञानकुञ्जको शिक्षण परम्परा, अनुशासन र भविष्य निर्माणमा केन्द्रित शैक्षिक दृष्टिकोणबारे जानकारी गराए । उनले विद्यार्थीहरुलाई आफ्नो क्षमताको अधिकतम प्रयोग गर्दे सशक्त, नैतिक र जिम्मेवार नागरिक बन्न प्रेरित गर्नुभयो ।

     सहायक कलेज प्रमुख नबराज चौलागाईले आफ्नो मन्तव्यमा व्यावसायिक र व्यावहारिक शिक्षाको महत्वमा जोड़ दिंदै, विद्यार्थीहरुलाई आजको प्रतिस्पर्धी युगमा आत्मनिर्भर र सक्षम बन्न आवश्यक मार्गनिर्देशन गरिने बताउनुभयो ।

     त्यस्तै, सहायक प्रिन्सिपल नमराज दाहालले नैतिक शिक्षाको अपरिहार्यता औंल्याउँदे, “आजको शिक्षा प्रणालीमा मूल्य–मान्यताको खड़ेरी छ । ज्ञानकुञ्जले विद्यार्थीहरूमा नैतिकता, सामाजिक जिम्मेवारी र सकारात्मक सोचको विकासमा ध्यान केन्द्रीत गरेको उल्येख गर्नुभयो ।

     कार्यक्रममा हास्य कलाकार तथा जादूगर राजेन्द्र गिरीको प्रस्तुति विशेष आकर्षणको केन्द्र बन्यो । उनको हास्यव्यङ्ग्य र जादुका माध्यमबाट शिक्षा र जीवन मूल्यहरूमा आधारित सन्देशहरूले कार्यक्रमलाई थप प्रेरणादायी बनायो । विद्यार्थीहरु र अभिभावकहरू दुवैले गिरीको प्रस्तुतिले मनोरञ्जनात्मक र सन्देशमूलक भएको प्रतिक्रिया दिनुभएको थियो ।

     कार्यक्रमका सभापति तथा अध्यक्ष सुरकृष्ण वैद्यले मन्तव्य दिंदै, “हामीले शिक्षा प्रणालीलाई केवल परीक्षा र प्रमाणपत्रको सीमामा राखेका छैनौँ । ज्ञानकुञ्ज एक यस्तों मंच हो जहाँ विद्यार्थीहरु आफ्नो सृजनशीलता, नेतृत्व क्षमता र जीवनपयोगी सीप विकास गर्न सक्ने बताउनुभयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्