IMG-LOGO

पनौती न.पा.९ सुनथानमा योग साधना

 सोम, सावन ६, २०८२  --

    पतंजलि योग समितीबाट पनौतीको वडा नं. ९ स्थित सुनथानमा पतंजलि जागेश्वरी योग साधना केन्द्रको स्थापना गरि योग ध्यान साधना अभियान प्रारम्भ गरिएको छ । पतंजलि योग समिती बागमती प्रदेश प्रमुख ग्रोवेन तौजले र सो वडाका वडाध्यक्ष सहकुल हुमागाईको उपस्थितीमा स्थानीय जेष्ठ नागरीकबाट उद्घाटन गरिएको सो अभ्यासमा पतंजलि बागमती प्रदेश प्रमुख ग्रोवेन तौजलेले दैनिक योग अभ्यासबाट स्वस्थ जीवन बाँच्न सकिने भएको हुनाले स्थानीय सम्पूर्ण जन समुदायलाई योग अभियानमा साथ दिनु हुन विशेष अनुरोध गर्नुभयो । पतंजलि योग समिती सदस्य दमन कुमार श्रेष्ठ, जिल्ला अध्यक्ष प्रकास कायष्ठ, महिला अध्यक्ष इन्दिरा तौजले, नि.अध्यक्षद्वय हरिशरण श्रेष्ठ र अनु श्रेष्ठ लगायतका पदाधिकारीहरु, स्थानीय जनप्रतिनिधीहरु र उल्लेखनिय योग साधक साधिकाहरुको उपस्थिति रहेको थियो । स्मरणिय छ जागेश्वरी योग साधना केन्द्र, पतंजलि योग समिती काभ्रेको ४४ औँ योग साधना केन्द्र रहेको संचार प्रभारी मिलन भक्त श्रेष्ठले बताउनु भयो ।

     यसै बिच पतंजलि योग समिती काभ्रे, महिला समिती काभ्रे र युवा नेपाल काभ्रेको आयोजनामा पतंजलि योग समिती बनेपाको दिव्य हलमा १५ दिने सह योग शिक्षक तालिम प्रारम्भ भएको छ । उक्त प्रशिक्षणमा पतंजलि योग समिती बागमती प्रदेश प्रमुख ग्रोवेन तौजलेले पानसमा दिप प्रज्वलित गरेर शुभारम्भ गर्नु भयो । सो अवसरमा प्रमुख अतिथी तौजलेले योग शिक्षाबाट सिकेको ज्ञानहरु काभ्रे जिल्लाको प्रत्यक गाँउ गाँउमा पू¥याउनु पर्ने बताउनु भयो । ६० जना प्रशिक्षार्थी  सहभागी रहेको उक्त प्रशिक्षणमा बागमती प्रदेश सल्लाहकार सरिता शाक्य, सदस्य दमन कुमार श्रेष्ठ, जिल्ला अध्यक्ष प्रकास कायष्ठ, महिला अध्यक्ष इन्दिरा तौजले, युवा अध्यक्ष रमेश श्रेष्ठ, नि.ब.अध्यक्ष हरिशरण श्रेष्ठ र अनु श्रेष्ठ लगायतका पदाधिकारीहरु, सल्लाहकारहरु र साधक साधिकाहरुको उपस्थिती रहेको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्