IMG-LOGO

विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा किशोर

 सोम, सावन ६, २०८२  --

 

 

 

     विश्व प्रेस काउन्सिलको अध्यक्षमा केन्याका डेभिड ओम्ओयो निर्वाचित हुनुभएको छ । अफ्रिकी मुलुक ताञ्जानियामा अस्तिदेखि जारी काउन्सिलको शिखर सम्मेलनबाट डेभिड अध्यक्षमा चयन हुनुभएको छ । प्रेस काउन्सिल, नेपालका पूर्वअध्यक्ष तथा जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलको उपाध्यक्ष पदमा चयन भएको छ । श्रेष्ठ विश्व प्रेस काउन्सिलको निवर्तमान महासचिवसमेत हुनुहुन्छ । काउन्सिलको आगामी ३ वर्षका लागि सर्वसम्मतीबाट नयाँ नेतृत्व चयन भएको हो । यधपी चुनावका सम्पूर्ण प्रक्रिया पूरा गरिएको थियो । नेपाल (श्रेष्ठ) को प्रस्तावकमा भारतीय प्रेस काउन्सिलका प्रतिनिधि सुधीरकुमार पण्डा तथा समर्थकहरुमा जिम्बाब्वेका लफ्टी दुबे, म्यान्मारका डा. तिन तुन ओ, कोसोभोका इब्राहिम अर्सलान र तान्जानियाका काजुबी मुकाजाङ्गा थिए । काउन्सिलमा दुई जना उपाध्यक्ष रहने व्यवस्था छ । अर्का उपाध्यक्ष अली हान्सेर्ली (साइप्रस) निर्वार्चित हुनुभयो । त्यस्तै, तान्जानियाका अर्नेस्ट साम्सोन सुङ्गुरा महासचिवको जिम्मेवारीमा आउँदा टर्कीका तामेर अताबारुत कोषाध्यक्ष निर्वाचित भएका छन् । अन्तर्राष्ट्रिय सम्पर्क संयोजकमा भारतका सिके नायक र तान्जानियाका जियादा किलोबो छानिएका छन् । सोमबारदेखि तान्जानियाको आरुसामा भइरहेको काउन्सिलको विश्व सम्मेलन पर्सि समापन हुँदैछ । सम्मेलनमा नेपालसहित २७ राष्ट्रका प्रतिनिधिको सहभागिता छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्