IMG-LOGO

शिक्षा सदनलाई शैक्षिक समाग्री प्रदान

 सोम, सावन ६, २०८२  --


     बनेपा बचत तथा ऋण सहकारी संस्था, बनेपा–८ ले शिक्षा सदन मा. वि., बनेपा–८ मा कक्षा १० मा अध्ययनरत ४८ जना विद्यार्थीहरुका लागि सहकारी शिक्षा प्रदान गरियो तथा कक्षा १ र २ मा अध्ययनरत ७४ जना विद्यार्थीहरुका लागि स्टेशनरी सामाग्री वितरण गरेको छ ।

     शिक्षा सदन मा. वि. व्यवस्थापन समितिका अध्यक्ष पदम सुन्दर श्रेष्ठको प्रमुख आतिथ्यतामा संचालित कार्यक्रममा प्रधानाध्यापक लक्ष्मण दाहालले स्वागत मन्तब्य राख्नु भएको थियो । संस्थाका सचिव जितेन्द्र नकर्मी तथा सहायक व्यवस्थापक रविना प्रधानले सहकारी शिक्षा प्रदान गर्नुभएका थियो भने शिक्षा समिति सदस्यहरु कमला मल्ली, प्रयागराज कारंजित, जया कोख श्रेष्ठले स्टेशनरी सामाग्री वितरण गर्नुभएको थियो ।

     शिक्षा सदनको शैक्षिक गुणस्तर वृद्धि गर्नका बनेपा बचत तथा ऋण सहकारीले पुर्याउनु भएको सहयोगको लागि हार्दिक आभार प्रकट गर्दै भविष्यमा पनि यस्तै साथ सहयोगको अपेक्षा राखेको र शिक्षा सदनले अझ प्रभावकारी र गुणस्तरीय शिक्षा प्रदान गर्न यसै श्रावणदेखि क्ष्क्इ २१००१ः२०१८ ऋभचतषष्अबतष्यल का लागि आवश्यक प्रक्रिया अगाडी बढाएको कुरा अध्यक्ष श्रेष्ठले बताउनुभयो । कार्यक्रमको संचालन शिक्षक ज्ञानु दाहालले गर्नुभएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्