IMG-LOGO

मानव संसाधनको सही उपयोगले मात्र देश समृद्ध बन्छ पूर्वमन्त्री ः दिपेन्द्र

 सोम, सावन ६, २०८२  --

     धुलिखेल समाज काठमाडौँको आयोजनामा भएको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै बागमती प्रदेश सरकारका संस्कृति तथा पर्यटन पूर्वमन्त्री दिपेन्द्र श्रेष्ठले देश समृद्ध बन्न उत्पादनमा आत्मनिर्भर तथा मानव संसाधनको सही उपयोगले राष्ट्र समृद्ध बन्न सक्ने धारणा राख्नुभयो । शनिबार धुलखेल लज रिसोर्टमा आयोजित उक्त कार्यक्रममा बागमती प्रदेशका पूर्व मन्त्री श्रेष्ठ, धुलखेल नगरपालिकाका नगरप्रमुख अशोक व्याञ्जु श्रेष्ठलाई नेवारी बाजागाजा सहित स्वागत सत्कारसँगै पुष्पगुच्छाले सम्मान गरिएको थियो । समाजका अध्यक्ष मिनबहादुर श्रेष्ठ सम्पूर्ण कार्य समिति टिमले पूर्वमन्त्री दिपेन्द्र श्रेष्ठ र धुलखेल नगर प्रमुख ब्याञ्जुलाई स्वागत सत्कार गरेको थियो । समाजका उपाध्यक्ष दिलसुन्दर श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा समाजका कोषाध्यक्ष अन्जनीकुमार श्रेष्ठले समेत मन्तव्य राख्नुभएको थियो । बागमती प्रदेश सभा काठमाडौँ क्षेत्र नम्बर १ संसद एवं पूर्वमन्त्री समेत रहेका दिपेन्द्र श्रेष्ठले देशको अर्थतन्त्र राजस्व संकलनले धान्ने, ग्रामीण अर्थतन्त्र उत्पादनबाट आत्मनिर्भर हुनुपर्ने विदेशी सहयोग बिना नै मूलक सञ्चालन गर्न सक्ने ल्यागत नभइन्जेल देश समृद्धि बन्ने सपना पूरा हुन नसक्ने तर्क गर्नुभयो । धुलखेलबासीका नेवार समुदाय देशका ७७ वटै जिल्लामा व्यापार व्यवसाय गरी अर्थतन्त्रलाई समेत सहयोग पु¥याएको कुरा बताउँदै प्रदेश पूर्वमन्त्री श्रेष्ठले बागमती प्रदेशका १३ वटै जिल्लामा कुनै न कुनै योजना पारेर नागरिकका पूर्वाधार विकासको चाहानालाई केही भएपनि मलम लगाउन सकेको र धुलिखेल समाजको भवन निर्माणका लागि गतवर्ष र यो वर्ष गरी ८० लाख बजेट उपलब्ध गराएको उल्लेख गर्नुभयो । धुलखेल नगरपालिकाका नगर प्रमुख अशोक ब्याञ्जुले एसिया स्तर कै दोस्रो, देशको नमुना स्वास्थ्य सहर धुलखेल भएको, शिक्षा, स्वास्थ्य, खानेपानी, गरिबी निवारण, र महिला सशक्तिकरणका सवालमा दिगो लक्ष्य प्राप्तिका उद्देश्य पूरा गर्दै अघि बढेको बताउनुभयो । नगर प्रमुख ब्याञ्जुले धुलीखेलेहरूले व्यापार मात्र गरेर नाफा कमाएको, उद्योगधन्दा सञ्चालन भने गर्न नसकेको हुँदा आफ्ना सन्ततिलाई व्यापार व्यवसाय र उद्योगमा सञ्चालनमा अभिप्रेरित गर्नुपर्ने कुरा बताउनुभयो । धुलिखेल समाजले युवा वर्गलाई जोड्न देशका विभिन्न भागमा छरिएर रहेका धुलिखेलेहरुको अवस्था शिक्षा स्वास्थ्य र रोजगारीको समेत अभिलेखीकरण गर्न सुझाव दिनुभयो । कार्यक्रमको सञ्चालन धुलिखेल समाज काठमाडौँका महासचिव गयानाथ माकजु श्रेष्ठले गर्नुभएको थियो गायक मुना रोक्का र संगीतकार बसन्त सापकोटा लगायतले मनोरञ्जन प्रदान गर्नुभएको थियो । धुलिखेल नगरपालिकाले धुलिखेल समाजको भवन निर्माणलाई ३० लाख बजेट उपलब्ध गराउने बचन बद्धता नगर प्रमुख ब्याञ्जुले गर्नुभएको समाजले जनाएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्