‘समृद्धिका लागि सञ्चार’ मुलनारा बोकेर निरन्तर प्रकाशित रोशी खबर साप्ताहिक ७ औं वर्ष पुरा गरी ८ औं वर्षमा प्रवेश गरेको छ । राजनप्रसाद दाहाल प्रकाशक रहेको उक्त पत्रिकाको सम्पादकमा गुणराज मुक्तान हुनुहुन्छ । हिजो सोमबार पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपाने, पूर्व अध्यक्षद्वय नारायण सापकोटा र बद्रिराज तिमल्सिनाले संयूक्तरुपमा केक काटेर रोशी खबर साप्ताहिकको वर्ष गाँठ मनाएको हो । जिल्लाका क्रियाशिल सञ्चारकर्मीहरुको उपस्थिति रहेको कार्यक्रम धुलिखेलको अरनिको होटलमा सम्पन्न भएको थियो ।
