आन्तरिक राजश्व कार्यालय धुलिखेल काभ्रेबाट आ.व. ०८१÷०८२ मा ३ अर्ब ८८ करोड ५९ लाख ६८ हजार राजश्व संकलन गरेको छ । गत आ.व.मा ३ अर्ब ५७ करोड ४४ लाख ५० हजार राजश्व संकलन भएको कुरा कर अधिकृत एवं सूचना अधिकारी सन्दिप कुमार मण्डलले जानकारी दिनुभयो । गत वर्षको तुलनामा ९ प्रतिशतले राजश्व संकलन प्रगति भएको कार्यालयले जनाएको छ । आ.व. ०८१÷०८२ को राजश्व संकलनको लक्ष्य ४ अर्ब ५१ करोड ३९ लाख ८१ हजार रहेको थियो । आ.व. ०८१÷०८२ मा आयकर १ अर्ब ८२ करोड ३३ लाख ४३ हजार वार्षिक लक्ष्यको प्रगतिमा ८५ दशमलव ६१ प्रतिशत रहेको छ । गतवर्षको तुलनामा १० दशमलव ५४ प्रतिशत प्रगति भएको छ । आ.व. ०८१÷०८२ घर वहाल कर ३ करोड २७ लाख २७ हजार राजश्व संकलन भएको छ । वार्षिक लक्ष्यको तुलनामा ५५ दशमलव ९७ प्रतिशत रहेको हो ।
गतवर्षको तुलनात्मकमा (–९ प्रतिशतले घरवहालकर घटेको छ । व्याजकर ३२ करोड ७५ लाख १५ हजार राजश्व संकलन भएकोमा गत वर्षको तुलनामा प्रगति ८३ दशमलब ५६ रहेको छ । गत वर्षको तुलनामा –३ खशमलव ३० प्रतिशत घटेको हो । जम्मा आयकर तर्पm २ अर्ब १८ करोड ३५ लाख ९१ हजार लक्ष्यमा ८४ दशमलब ६३ प्रतिशत रहेको छ । गत वर्षको तुलनमा ७ दशमलब ८८ प्रतिशतले राजश्व वृद्धि भएको छ । आ.व. ०८१÷०८२ मा १ अर्ब ४८ करोड २९ लाख ७१ हजार मुअकरमा लक्ष्य लिइएकोमा १ अर्ब ३० करोड १ लाख ३३ हजार संकलन भएको छ भने ८७ दशमलब ६७ प्रतिशत प्रगति गत वर्षको तुलनामा ८ दशमलब ३९ प्रतिशत प्रगति भएको छ । अन्त शुल्क तर्पm ४५ करोड ७ लाख २० हजार आ.व. ०८१÷०८२ मा लक्ष्य लिएको ४० करोड १९ लाख ५३ हजार राजश्व संकलन भएको छ । लक्ष्यको तुलनामा ८९ प्रतिशत प्रगति भएको छ भने प्रगति १५ दशमलब १० प्रतिशत गत वर्ष भन्दा बेसी प्रगति भएको छ । कुल राजश्वमा गत वर्षको तुलनामा ९ प्रतिशतले राजश्व वृद्धि भएको कुरा आन्तरिक राजश्व कार्यालयका प्रमुख कर अधिकृत रमेश भट्टराइले जनाउनु भयो । आन्तरिक राजश्व कार्यालयमा असार महिनामा मात्र ७५ करोड ५५ लाख ९१ हजार २ सय ६ संकलन भएको छ । त्यस्तै गरी जिल्लाका २२ कार्यालयबाट असार महिनामा ७७ करोड ७ लाख ३५ हजार ६ सय ७८ संकलन भएको छ । आ.व. ०८१÷०८२ मा सम्ममा व्यक्तिगत स्थानीय लेखा नं. दर्ता ७५ हजार १ सय ५७, व्यवसायिक स्थायी लेखा लिने ४५ हजार ७ सय ६६, मुल्य अभिवृद्धि करमा यसवर्ष ७५ थप गरी ५ हजार ९ सय ८१, अन्त शुल्कमा १ हजार ५ सय ६५ र विथहोल्डर स्थायी लेखा ११ थप भइ १ हजार ३ सय ४५ रहेको छ ।
नेपाल सरकारलाई ४ अर्ब ११ करोड
नेपाल सरकारलाई काभ्रे जिल्लाका विभिन्न २२ वटा कार्यालयबाट ४ अर्ब ११ करोड २२ लाख २१ हजार ८ सय ५३ रुपैया आम्दानी गरेको छ । त्यस्तै जिल्लामा विनियोजना भएको चालु र पूजीगत खर्च बजेट मध्ये ११ अर्ब ८७ करोड २४ लाख ७४ हजार ४० रुपैयाँ खर्च भएको छ । पूँजीगत तर्पm १ अर्ब ९२ करोड ६३ लाख ७४ हजार ८ सय ३४ रुपैयाँ खर्च भएको छ । पूँजीगत तर्पm असार महिनामा मात्र ६७ करोड २८ लाख ८ हजार ३ सय १ रुपैयाँ खर्च भएको छ ।
काभ्रे जिल्लामा टपटेन करदातामा को को परे ?
उत्कृष्ट करदातामा रोयल काठमाण्डौं हिमालय वेभरेज प्रा.लि.
धुलिखेल, आन्तरिक राजश्व कार्यालय धुलिखेल काभ्रेले जिल्लामा आ.व. ०८१÷०८२ मा सबभन्दा बेसी कर तिर्ने करदाता सार्वजनिक गरेको छ । यस वर्षको उत्कृष्ट करदातामा रोयल काठमाण्डौं हिमालय वेभरेज प्रा. लि. काभ्रेले ३७ करोड ७३ लाख ७२ हजार ३ सय ९९ राजश्व तिरेर प्रथम भएको छ । त्यस्तै गरी जिल्लामा टपटेन भित्र पर्न सफल करदाताहरु क्रमशः आशा लघुवित्त वित्तीय संस्था काभ्रे, एसी आइ एल आर सीपि एल (जेभी) काभ्रे, मेलम्ची नगरपालिका, स्नोम्यान वाइनरी प्रा. लि., सिन्धु विकास बैंक लि. सिन्धुपाल्चोक, सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. पनौती, होटल मिस्टिक माउन्टेन प्रा. लि., काभ्रे । महिला लघु उद्यम वित्तीय संस्था लि. काभ्रे र नेपाल पोलिस स्कुल साँगा सहित टपटेन भित्र रहेर राजश्व तिरेको आन्तरिक राजश्व कार्यालय धुलिखेलले जनाएको छ । आन्तरिक कार्यालयको प्ररम्भीक प्रतिवेदन अनुसार रहेको कार्यालयले जनाएको छ । यसमा थप विश्लेषण गर्न बाँकी रहेको छ । कुनले कति रकम बुझाए चार्टमा उल्येख गरिको छ ।
