IMG-LOGO

क्षितिज स्कुलले एसईई उतीर्णलाई बधाई तथा शुभकामना

 सोम, असार ३०, २०८२  --

     बनेपा नगरपालिका वडा नं. ६ मा सञ्चालित शैक्षिक गुणात्मक विकासको उद्देश्यलाई पुरा गर्ने हेतुले अग्रगतिमा लम्केको क्षितिज अंग्रेजी माध्यमिक विद्यालयले एसईइ २०८१ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र उत्कृष्ट शिक्षकलाई सम्मान गरेको छ । एसईइ २०८१ मा सहभागी ४५ जना विद्यार्थीमध्ये उच्चतम अङ्क ल्याउने विद्यार्थी सहित सम्पूर्ण विद्यार्थीलाई सम्मान गरेको हो । विद्यालयले यो वर्ष उच्चतम अङ्क ३.८३ र कम अंक ३.२४ लिएर विद्यार्थीहरु उत्तीर्ण भएका थिए । अतिरिक्त गणित विषय शिक्षक सुनिता लामालाई सो अवसरमा सम्मान गरिएको थियो । विद्यालय सञ्चालक समितिका अध्यक्ष विकास श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका संरक्षक गोविन्दलाल प्रधानङ्ग विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उदयराम कायस्थ विद्यालयका प्रिन्सिपल लिलाधर पौडेल र विद्यालय सञ्चालक समितिका सदस्य पूर्णिमा प्रधानाङ्गले विद्यार्थीहरुलाई बधाई ज्ञापन गर्नुभएको थियो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष विकास श्रेष्ठले क्षितिज स्कुलले प्रविधि मैत्री विद्यार्थी केन्द्रीत शिक्षा प्रदान गरेकोले अभिभावक र विद्यार्थीको रोजाइ भएको शिक्षक वर्गको अथक प्रयासले शैक्षिक गुणस्तरीयता प्रदान गर्न सकेको उल्येख गर्नुभयो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्