IMG-LOGO

पतंजलि योग समितीमा गुरुपूर्णिमा मनाईयो

 सोम, असार ३०, २०८२  --

     पतंजलि योग समिती काभ्रे, महिला समिती काभ्रे र युवा नेपाल काभ्रेले संयुक्त रुपमा गुरु पूर्णिमा मनाईएको छ । स्वामी रामदेव र आचार्य वालकृष्णको फोटोमा माल्यार्पण गरि शुभारम्भ भएको उक्त कार्यक्रममा पतंजलि योग समिती बागमती प्रदेश प्रमुख ग्रोवेन तौजले प्रमुख अतिथी हुनुहुन्थ्यो ।

      सो अवसरमा उपस्थिती ५०० भन्दा बढी योग साधक साधिकाहरुले आफ्नो गुरुहरु प्रति पूष्पगुच्छा, खादा, माला, अबिर, टिका लगाई सम्मान प्रकट गरिएको कार्यक्रममा पतंजलि योग समिती बागमती प्रदेश सल्लाहकार सरिता शाक्य, प्रदेश सदस्य दमन कुमार श्रेष्ठ, जिल्ला अध्यक्ष प्रकास कायष्ठ, महिला अध्यक्ष ईन्दिरा तौजले, युवा नेपाल अध्यक्ष रमेश श्रेष्ठ, नि.व. अध्यक्ष हरिशरण श्रेष्ठ, अनु श्रेष्ठ लगायत सल्लाहकारहरु, पदाधिकारीहरु र विभिन्न योग सेन्टरका संयोजकहरुको उपस्थिती रहेको उक्त गुरुपूर्णिमा कार्यक्रमको अन्तमा नाचगान गरि समापन गरिएको सञ्चार प्रभारी मिलन भक्त श्रेष्ठले बताउनु भयो ।

     यसै बिच श्रीखण्डपुर योेग साधना केन्द्रका पून स्थापित कार्य समितीको पदस्थापन कार्यक्रम भएको छ । प्रमुख अतिथी पतंजलि योग समिती बागती प्रदेश सदस्य दमन कुमार श्रेष्ठले पानसमा दिप प्रज्वलित गरि पदस्थापन कार्यक्रममा नया कार्य समितीको जिल्ला अध्यक्ष प्रकास कायष्ठले नाम घोषणा गरिएको थियो जसमा अध्यक्षमा अनिल श्रेष्ठ, महा सचिव हरिचन्द्र श्रेष्ठ, सदस्यहरुमा नारायण प्रधान, तुमला राजभण्डारी, गायत्री थापामगर, अन्जु सुवाल, पूर्ण लक्ष्मी श्रेष्ठ, विरेन्द्र राज भारत र सावित्री प्रधान रहनु भएको छ ।

     सो केन्द्रका अध्यक्ष पदमा श्रेष्ठबाट स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा जिल्लाका नि.व.अध्यक्ष हरिशरण श्रेष्ठ, अध्यक्ष प्रकास कायष्ठ, धुलिखेल नगर संयोजक विष्णु शर्मा, सल्लाहकार जयराम श्रेष्ठले मन्तव्य राख्नु भएको कार्यक्रमको सभापतित्व पहिलो सत्रमा पदमा श्रेष्ठ र दोस्रो सत्रमा अनिल श्रेष्ठले गर्नुभएको थियो भने संचालन उक्त केन्द्रका दयाराम महतले गर्नुभएको थियो । पतंजली योग समितिकाभ्रे बनेपा, महिला समिति र युवानेपालकाभ्रेले यही २०८२ श्रावण १ गतेबाट पतंजली योग भवन बनेपामा प्राकृतिक चिकित्साप्रणालीबाट उपचार विधि शुभारम्भ गरिने भएको छ । ढाड, कम्मर, मोटोपन, सुगर, प्रेशर, कब्जियतलगायतका उपचार सहुलियत दरमा हुनेछ ।

     नेपाल योग खेलकुद समितिका अध्यक्ष डा. सूर्यबहादुर कार्कीबाट प्राकृतिक चिकित्सापद्धतीबाट उपचार हुने र पंतजली योग समिति बाग्मती प्रदेश प्रमुख ग्रुवेन तौजलेबाट योग साधना माध्यमबाट उपचार गरिने भएको छ । यसैवीच पतंजली योग समिति बाग्मती प्रदेशको आयोजना तथा पतंजली योग समिति काभ्रेको संयोजनमा योग भवन बनेपामा यहि श्रावण १ गतेदेखि १५ गते सम्म योग–सह–योग शिक्षक प्रशिक्षण हुने भएको छ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्