धुलखेल नगरपालिकाले रोजगार प्रवर्धन कार्यक्रम अन्तर्गत रोजगार मेला २०८२ को भव्य र सभ्यरूपमा सम्पन्न गरेको छ । शुक्रबारबाट दुई दिन सम्म भएको रोजगार मेलामा ३५ वटा स्टल रहेको कुरा प्रधानमन्त्री रोजगार कार्यक्रम धुलखेलको प्रमुख सम्झना शर्मा नेपालले जानकारी दिनुभयो । उक्त स्टल मध्ये १६ वटा भने रोजगारदाताको स्टल रहेको थियो । तालिम प्रदायक संस्थाहरू सिभी राइटिङ, क्यारियर काउन्सिलिङ, हेल्थ डेक्स, खाजाहरूको स्टल हस्तकाल, प्रदर्शनी, अर्गानिक तरकारीका स्टलहरू राखिएका थियो । दुई दिनको उक्त मेलामा तीन हजारभन्दा बेसीले रोजगार मेलाको अवलोकन गरेको कुरा मेला संयोजक एवं धुलिखेल वडा नम्बर ३ का अध्यक्ष गणेश आचार्यले बताउनुभयो । होटल, संघ संस्था, तालिम केन्द्र, र क्यापिटल मार्केसटहरूले सीप, योग्यता क्षमताका आधारमा १ सय १५ जनालाई रोजगार दिने प्रतिबद्धता व्यक्त गरेको मेला संयोजक आचार्यले जनाउनुभयो ।
तत्कालरुपमा ३ जनालाई भने होटल प्रिन्सेसमा रोजगारी प्रदान गरेको रोजगार सेवा केन्द्र प्रमुख सम्झना शर्मा नेपालले बताउनुभयो । उक्त रोजगार मेलाको उद्घाटन धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार व्याञ्जुले गर्नुभएको थियो । नगर प्रमुख व्याञ्जुले नमुना रोजगार कार्यक्रम गरी नगर भित्रका वेरोजगारलाई रोजगारी दिइ आर्थिक समृद्धिको यात्रामा सहयोग पु¥याउन मेलाको आयोजना गरेको बताउनुभयो । कार्यक्रममा नगर उप–प्रमुख निराजन जंगम, प्रमुख कार्यकारी अधिकृत मोहन मरासिनी, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपाने र स्थानीयहरुको सहभागीता रहेको थियो । पर्यटन मार्पmत अवसरको खोजी गन्तव्य धुलिखेलका सन्दर्भमा नेपाल पर्यटन बोर्डका रोहीणी खनाल, होटल नेपाल संघ धुलिखेल च्याप्टरकी ज्योत्सना सैंजु नेप्लीज युथ इन्टरप्रिन्सिप फर्मका आशीष हुमागाई, धुलिखेल नगरकी पुजा काप्mले, रोशन घिमिरे समृद्ध धुलिखेल आधार निर्माण सहजकर्ताको रुपमा विदुर गौतम, कृषि विज्ञ हसेरा फर्मका गोविन्द शर्मा धिताल, काठमाडौं विश्वविद्यालयका सञ्जु अधिकारी, धुलिखेल उद्दोग वाणिज्य संघका कोमलसुन्दर श्रेष्ठ, महिला उद्दमी महासंघका रोशनी उपाध्याय, अर्थशास्त्रीका भोजराज पौडेल र मोतीराम तिमल्सिना लगायतले सहजीकरण गर्नुभएको थियो ।
