IMG-LOGO

हिमालय दृश्यबाट पञ्चकन्या विद्यालयलाई फर्निचर सहयोग

 सोम, असार ३०, २०८२  --

 

     हिमालय दृश्य रिसोर्टका सञ्चालक श्याम महतले विद्यालयलाई फर्निचर सहयोग गर्नुभएको छ । महतले धुलिखेल नगरपालिका वडा नम्बर ३ मा रहेको पञ्चकन्या आधारभूत विद्यालयका लागि २० थान कुर्सी र कार्पेट हस्तान्तरण गरेका हुन् । फर्निचर हस्तान्तरण गर्दै उनले गुणस्तरीय शिक्षाले मात्रै समाज रूपान्तरण गर्न सक्ने बताए । शैक्षिक सुधारका लागि थोरै भएपनि योगदान गरौं भन्ने सोचका साथ सहयोग गरिएको उनको भनाई थियो। बड़ा अध्यक्ष गणेश आचार्यले स्थानीय तह र समुदायको हातेमालो र शिक्षक विद्यार्थीको मेहनतमा विद्यालयले उच्च शैक्षिक सफलता प्राप्त गर्ने विश्वास लिएको बताउनुभयो । प्राप्त फर्निचरका कारण सहजता मिलेको प्रधानाध्यापक प्रकाश हुमागाईले बताउनुभयो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्