IMG-LOGO

बोधिचित्त चोरी गरेको आरोपमा तीन पक्राउ

 सोम, असार ३०, २०८२  --

     बोधिचित्त चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । बनेपा नगरपालिका–१० रेशम मार्गमा भवानी पाण्डेको कम्पाउण्डमा रहेको बोधिचित्त चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिनेशबहादुर कुँवरले जानकारी दिनुभयो । पक्राउ पर्नेमा १९ वर्षीय विवेक लामा, २० वर्षीय मिलन मोक्तान र १९ वर्षीय लबाङ तामाङ छन् । उनीहरूले शनिबार राति १ः२० तिर पाण्डेको घरमा पुगेर बोधिचित्तको दाना टिपेका थिए । भोलिपल्ट चोरी भएको भन्दै इलाका प्रहरी कार्यालय बनेपामा उजुरी परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । ‘सिसिटिभी फुटेज हेर्दा राति १ बजेतिर तीन जना आएर दाना टिपेको देखियो,’ इलाका प्रहरी कार्यालय बनेपाका डिएसपी रामेश्वर त्वातीले बताउनुभयो । सिसिटिभी फुटेको आधारमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । तर उनीहरूबाट उक्त बोधिचित्त भने फेला परेको छैन । प्रहरीले सोधपुछ गर्दा उनीहरूले काठमाडौं लगेर बेचेको बताएका छन् । पीडितले घरबाट ८ लाख बराबरको बोधिचित्त चोरी भएको दाबी गर्दै निवेदन दिएका छन् । उनीहरूले कहाँ र कसलाई बोधिचित्त बेचे भन्नेबारे अनुसन्धान प्रहरीले गरिरहेको छ । प्रहरीले उनीहरूको आपराधिक पृष्ठभूमि पनि पनि हेर्ने काम गरिरहेको छ । अन्यत्र पनि चोरी भएकाले घटना हुनसक्ने भएकाले त्यहाँ पनि उनीहरूकै संलग्नता छ÷छैनबारे पनि अनुसन्धान भइरहेको डिएसपी त्वातीले जनाउनुभयो । पक्राउ परेका तीनै जनालाई बिहीबार जिल्ला अदालत काभ्रेमा पेस गरिएको थियो । प्रक्राउ सँगै अदालतबाट थप अनुशन्धान अधि बढेको प्रहरीले जनाएको छ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्