काभ्रे जिल्ला पनौती नगरपालिका बडा २ गोठखोला निवासी उद्धव खत्री केसीको २४ वर्षीय सुदर्शन खत्री केसीको दुवै मृगौला फेल भई विगत ७ महिनादेखि उपचारमा हुनुहुन्छ । हाल भने भक्तपुर धर्म भक्तपुर अङ्ग प्रत्यारोपण केन्द्रमा डाईलोशिस गराईरहनु भएको छ ! उहाको पारिवारिक स्रोतका अनुसार आर्थिक स्थिति अत्यन्तै कमजोर भएर उपचार मै समस्या परेको पिता उद्धव केसीले बताउनुभयो । उहाँको उपचारको लागि बुबा उद्धव खत्री केसीको बैक खातामा सहयोग रकम जम्मा गरिदिनु हुन अपिल गरेको छ । सहयोगको लागि उक्त मोबाईल नब्बरमा ९८४११०६०७८ सम्पर्क गर्न सक्नु हुनेछ ।
