र्निमाता यम शेर्पाको निर्माण र निर्देशनमा पाली कथन चलचित्र मिरमिरेको छायांकन यही असार ११ गते पनौती ११ वल्थलीमा सुरु भएको छ । ३५ दिनको छायांकनको तालिम रहेको उक्त फिल्मको अधिकांश छायांकन काभ्रेका विभिन्न स्थानमा हुनेछ । यार्सा फिल्मसको प्रस्तुति रहेको यस चलचित्रका मुख्य भूमिकामा दयाहाङ राई, प्रकाश सपुत, सिर्जना निङलेख, छन् भने अन्य कलाकारमा माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराध सापकोटा, छन् । यसअघि कारसाङ फिल्म निर्माण गरेका यम शेर्पाको निर्देशन रहेको यस फिल्मको कार्यकारी निर्मातामा आर आर फिल्म्सका सञ्चालक समेत रहेका चलचित्र वितरक रोहित कट्टेल रहेका छन् । गाउँले कथावस्तुमा आधारित यस फिल्मको प्रदर्शन २०८२ सालमा नै हुने कुरा निर्माण पक्षले जानकारी गराएको छ ।
