IMG-LOGO

जेष्ठ नागरिकको संयूक्त बैठक

 सोम, असार २३, २०८२  --

 

     आज २०८२ असार २१ गते शनिबार माँ उग्रचण्डी पार्टी भेन्यू नालामा ज्येष्ठ नागरिक जिल्ला सँघ, काभ्रे र उग्रचण्डी जेष्ठ नागरिक मञ्च,बनेपा नगरपालिका वडा नं.४ नालाको सँयुक्त आयोजनामा असार ६ गते हेटौडामा सम्पन्न दोश्रो महासभा तथा छैठौँ अधिबेशनबाट निर्बिरोध निर्बाचित अध्यक्ष तथा पदाधिकारी र सदस्यहरुलाई बधाई तथा सम्मान गरेको छ ।

     काभ्रे ज्येष्ठ नागरिक जिल्ला सँघका अध्यक्ष सिध्दि बहादुर कर्माचार्यको अध्यक्षतामा उक्त कार्यक्रम  भएको थियो भने कार्यक्रमको प्रमुख आतिथ्यता बनेपा नगरपालिका वडा नं. ४ का कार्यबाहक अध्यक्ष प्रेमकाजी श्रेष्ठले गर्नु भएको थियो । नव निर्वाचित अध्यक्ष विवेन्द्र भक्त प्रधानाङ्ग, उपाध्यक्ष अमरबहादुर पण्डित, महासचिव केशवप्रसाद संजेल, सचिव बिमला श्रेष्ठ, कोषाध्यक्ष रेशमलाल श्रेष्ठ, उप कोषाध्यक्ष कृष्णप्रसाद पौडेल, सदस्य यज्ञश्वर अर्याल, सदस्य गंगादेवी कोइराला तिवारी, सदस्य रामनाथ योगीलाई माता उग्रचण्डी भगवतीका पुजारी राजकुमार कर्माचार्यले सगुन टीका, मोहनी र रातो सेतो कोखा, प्रमुख अतिथि प्रेमकाजी श्रेष्ठले बिजयको प्रतिक रातो सिन्दुर, ज्ये.ना.जि.सं. काभ्रेका अध्यक्ष सिध्दिबहादुर कर्माचार्यले खादा, ज्ये.ना.जि.सं.काभ्रेका सदस्यद्वय पुनमाया कर्माचार्य र बिजया कायस्थले तान्त्रिक विधिको नेवारी सभ्यता सगुन (बारा, अण्डा, मासु, माछा, अदुवा, लसुन र रक्सी) प्रदान गरी भब्य सम्मान गरिएको थियो । काभ्रेका सचिव पूर्णबहादुर कर्माचार्यद्वारा संचालन गर्नु भएको थियो । प्रमुख आतिथि बनेपा नगरपालिका वडा नं. ४ का कार्यबाहक अध्यक्ष प्रेमकाजी श्रेष्ठले कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । उग्रचण्डी जेष्ठ नागरिक मञ्च, बनेपा नगरपालिका वडा नं.४ नालाको अध्यक्ष जुलुमकृष्ण श्रेष्ठले स्वागत मन्तब्य दिनु भएको थियो । मन्तब्यको क्रममा अध्यक्ष प्रधानाङ्गले यस प्रदेश भित्रका सबै १३ जिल्लामा प्रदेशको कार्यक्रम गरी जिल्लासँग अन्तरक्रीया गरी समश्याको पहिचान गरी सम्बन्धित निकायसँग समन्वय गरिने प्रतिबध्दता जाहेर गर्नु भयो । यस्तै कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले पनि वडाबाट गर्न सकिने साथ सहयोग गर्ने छु भन्ने वचन दिनु भएको छ । बागमती प्रदेशका उपाध्यक्ष अमरबहादुर पण्डितले बागमती प्रदेशको परिचय र योजना बारे प्रकाश पार्नु भएको थियो । ज्ये.ना.जि.सं.काभ्रेका उपाध्यक्ष त्रिरत्न रंजितले धन्यवाद मन्तब्य दिनु भएको थियो । ज्ये.ना.जि.सं. काभ्रेका अध्यक्ष एबम सभाध्यक्ष सिध्दिबहादुर कर्माचार्यले ज्येष्ठ नागरिकहरुको विविध पक्षहरुको चर्चा गर्नु भएर “ज्येष्ठ नागरिकहरुको अधिकार, हामी सबैको सरोकार “भन्नुभयो । कार्यक्रम पछि नव निर्बाचित पदाधिकारि एवम सदस्यहरुको सम्मानमा दिवा भोजको आयोजना पनि गरिएको थियो ।

     दिवा भोज पछि बागमती प्रदेश ज्येष्ठ नागरिक सँघको दोश्रो कार्य समितिको उक्त बैठकले सोही संचालन गरी छ जना सदस्यहरु तथा दुई जना सल्लाहकारहरुको पनि मनोनित गरिएको छ । मनोनित हुनेहरुमा नुवाकोट जिल्लाबाट अच्युत उप्रेती, भक्तपुरबाट कल्पना बोयजू, काठमाण्डौबाट ध्रुबचन्द्र थापा, ललितपुरबाट श्याम बहादुर श्रेष्ठ दोलखाबाट सीता के सी र काभ्रेबाट रमेशकाजी श्रेष्ठ रहनु भएको छ । त्यस्तै गरी सल्लाहकारहरुमा अम्बिका के सी (राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका पूर्ब बरिष्ठ उपाध्यक्ष), काठमाण्डौका बरिष्ठ ज्येष्ठ नागरिक स्वास्थ्य सम्बन्धि बिज्ञ डा.लोचना श्रेष्ठ रहनु भएको छ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्