IMG-LOGO

विपद्मा बाली क्षति भएका काभ्रेका किसानले राहत पाउने

 सोम, असार २३, २०८२  --

     धुलिखेल । जिल्लामा बाढीपहिरो लगायतका विपद्का घटनाबाट बाली क्षति पूगेका किसानहरुलाई राहत रकमका लागि सिफरिस गरिएको छ । बाढी पहिरोलगायत अन्य विपतबाट प्रभावित भएर जिल्ला कृषि विकास कार्यालय काभ्रेमा आवेदन दिएका ३५९ जना किसानले राहत पाउने भएका हुन् । कार्यालय प्रमुख कुलप्रसाद दवाडीका अनुसार विशेषगरि गत असोजको र हालै वैशाख २८ को वाढीले धेरै क्षति पुगेका पनौती, बेधानचोक र रोशीका किसानले कार्याविधीअनुरुपको राहत रकम पाउने भएका हुन् ।

     बागमति प्रदेश सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयको कृषि क्षेत्रमा विपदबाट क्षति पुगेका कृषकलाई राहत वितरण कार्यविधि २०८१ अनुसार प्रदेश सरकारले सूचना जारी गरेको थियो । यसमा सम्बन्धित वडा र पालिकाबाट सिफारिसलगायत अन्य सबै मापदण्ड पूरा भएको आधारमा किसानहरु छनौट भएका थिए। यसमा खाद्यान्न वालीको क्षति भएको खण्डमा प्रतिरोपनी १ हजार ५००, तरकारी बालीको क्षति भएको भए प्रतिरोपनी २ हजार ५००, फलफूलको क्षति भएको खण्डमा प्रतिरोपनी ५ हजार र संरक्षित संरचनाहरु टनेलको क्षति भएको भए प्रतिवर्गमिटर १४० रुपैयाँका दरले राहत उपलब्ध हुनेछ ।

     यसरी सबै प्रक्रिया पुगेका पहिलो लटका १०७ जना किसानले ३१ लाख ३२ हजार ४५० र दोस्रो लटमा परेका २५२ जनाले ४६ लाख ४७ हजार १२० गरि कूल ३५९ किसानले जम्मा ७७ लाख ७९ हजार ५७० राहत पाउने कार्यालयका प्रमुख कुलप्रसाद दवाडीले जानकारी दिनुभयो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्