ढुङ्गखर्क, भगवती कालापानी साना किसान कृषि सहकारी संस्था लि बेथान्चोक(२ ले किसानहरूको लागि मल, बिउ, बिजन उपलब्ध गराउँदै सहजीकरण गर्दै आएको छ । गोठ सुधार अन्तर्गत काउ म्याट ५० प्रतिशत अनुदानमा किसानलाई वितरण गरिने कुरा संस्थाका अध्यक्ष कृष्ण प्रसाद तिमल्सिनाले बताउनुभयो । ट्याक्टर ४ थान, कम्बाइन मिल २ थान, डिस मिल २ थान, च्यापकटर दुई थान, तरकारी खेतीको लागि २५ जनालाई बीउबिजन अनुदानमा उपलब्ध गराएको संस्थाले जनाएको छ । २०६३ सालमा स्थापित उक्त कृषि सहकारीले कृषकहरूको वृहत्तर हितमा निरन्तर कार्य गर्ने कुरा संस्थाका सचिव भीम प्रसाद तिमल्सिनाले बताउनुभयो । संस्थाका प्रबन्धक प्रेमप्रसाद दाहालले संस्थाको सेयर पूँजी ४६ लाख २ सय रहेको बताउनुभयो ।
