IMG-LOGO

मानव कल्याण समाजलाई जिल्ला बचत संघ काभ्रेको सहयोग

 सोम, असार २३, २०८२  --

 

     बनेपा जिल्ला बचत संघ काभ्रेले धुलिखेल(१२ संखुमा रहेको मानव कल्याण समाजलाई आर्थिक सहयोग र खाद्य सामग्री सहयोग गरेको छ । बचत संघ काभ्रेका अध्यक्ष उदयराम कायस्थले आफ्नो एक वर्षको भत्ता र सेवा सुविधाबाट जम्मा भएको रकम ३९ हजार ४ सय ५०, बचत संघ सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिबाट १५ हजार ५० गरी ५४ हजार ४ सय ५० रकम आर्थिक सहयोग उपलब्ध गराएको कुरा जिल्ला बचत संघ काभ्रेका प्रमुख कार्यकारी अधिकृत गुरुप्रसाद ढकालले जानकारी दिनुभयो । जिल्ला संघका अध्यक्ष उदयराम कायस्थ, लेखा सुपरिवेक्षण समिति संयोजक शिवप्रसाद आचार्य, लेखा समिति, सञ्चालक समिति र कर्मचारीहरूको सहभागितामा आर्थिक सहयोगको उपलब्ध गराएको संघका उपकार्यकारी अधिकृत रवि केसीले बताउनुभयो । बचत संघका लेखा अधिकृत सुन्दिरा प्रधानले बचत संघ संचालक समिति, कर्मचारी वर्गले सामाजिक कार्य र आर्थिक सहयोग गर्दै आएको बताउनुभयो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्