IMG-LOGO

काभ्रोमा एसईई नतिजा ८६ प्रतिशत उत्तिर्ण

 सोम, असार २३, २०८२  --

     एसईई २०८१ मा काभ्रेपलाञ्चोक जिल्लाबाट ८६.२९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । ५ हजार ६ सय जना परीक्षामा सहभागी भएकोमा सामुदायिक विद्यालयका २ हजार ७ सय ६३ (८०.२३ प्रतिशत) जना र संस्थागत विद्यालयका २ हजार ६९ (९५.९६ प्रतिशत) जना विद्यार्थी उत्तीर्ण भएका शिक्षा विकास तथा समन्वय इकाई काभ्रेका प्राविधिक सहायक उमेश पराजुलीले जानकारी दिनुभयो । परीक्षामा सामुदायिक १५० र संस्थागत ६३ सहित २ सय १३ विद्यालयका ५ हजार ६ सय विद्यार्थी सहभागी भएका हुन् । जसमध्ये ८४ वटा विद्यालयमा शतप्रतिशत विद्यार्थी पास भएका छन् । सामुदायिक ३९ र संस्थागत ४५ विद्यालय शतप्रतिशत नतिजा निकाल्न सफल भएका हुन् ।  प्राविधिकधारतर्फ भने जिल्लाका ८ वटै विद्यालयमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । १ सय ७८ जना सहभागी भएकोमा सबैले सफलता हाँसिल गरेका छन् । उत्तीर्ण ४ हजार ८ सय ३२ विद्यार्थी मध्ये जीपीए २ जनाले ल्याएका छन् ।

यस्तो छ एसईईको नतिजा विवरण ः

     प्रकाशित नतिजा अनुसार गतवर्षको तुलनामा यस वर्ष एसईईको नतिजामा सुधार भएको छ । गत वर्ष २ सय १६ विद्यालय मध्ये १८ बटा विद्यालयले मात्रै शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराएका थिए । १३ वटा विद्यालयले एकजना पनि विद्यार्थी उत्तीर्ण गराउन सकेका थिएनन् । ४ जीपीए एक जनाको मात्रै आएको थियो । बनेपा नाला स्थित लिंकन माविकी स्मृति श्रेष्ठले चार जीपीए ल्याएकी थिइन् । यसवर्ष भने चार जीपीए दुई जनाले त्याएका छन् । ३.२०(३.६० जीपीए प्राप्त गर्ने विद्यार्थी सबैभन्दा धेरै छन् । उक्त जीपीए १ हजार ५ सय ७४ विद्यार्थीले प्राप्त गरेका छन् । ३.६०(४.०० जीपीए ९ सय ११, ३.२०(३.६० जीपीए १ हजार ५ सय ७४, २.८०(१.२० जीपीए १ हजार ४ सय २०, २.४ं०(२.८० जीपीए ८ सय २९, २.००(२.४० जीपीए ८८ जनाले ल्याएका छन् । ७ सय ६८ विद्यार्थी भने अनुत्तीर्ण भएका छन् । जसमा सामुदायिक विद्यालयका ६ सय ६१ र संस्थागत विद्यालयका ८७ जना छन् ।

आगमी श्रावण २९ देखि एसईई पुरक परीक्षा

     माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक भएसँगै पूरक परीक्षाको मिति तोकिएको छ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार नतिजा सार्वजनिक गर्दै पूरक परीक्षा आगामी साउन २९ गतेदेखि सञ्चालन हुने जनाएको छ । पूरक परीक्षाको विस्तृत कार्यतालिका भने पछि सार्वजनिक गरिने बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिनुभयो । यसपटकको परीक्षामा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गत वर्षको तुलनामा यस वर्षको नतिजामा १३.९५ प्रतिशतले सुधार देखिएको छ । गत वर्ष ४७.८६ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका थिए । बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार ३.६ देखि ४.० जिपिए ल्याउने विद्यार्थीको संख्या ४८ हजार १७७ छ भने ३.२ देखि ३.६ जिपिए ल्याउने विद्यार्थी ८१ हजार ३८५ जना रहेका छन् ।

     यसपटकको एसईईमा १ लाख ६७ हजार ५९७ विद्यार्थी अनुत्तीर्ण भएका छन् । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का अनुसार कुल परीक्षार्थीमध्ये २ लाख ७१ हजार २९९ जना मात्रै उत्तीर्ण भएका छन् । २०८१ को एसईई परीक्षा चैत ७ गतेदेखि सञ्चालन भएको थियो । नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी रहेका थिए ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्