पनौती–५, न्युराइजिङ इङ्गलिश सेकेन्डरी स्कुल पनौती(५ मा अध्ययनरत छात्रतर्फ जिल्ला प्रथम भएका अनुराग सापकोटालाई विद्यालयले सम्मान तथा बधाई प्रदान गरेको छ । एसईई २०८१ को नतिजामा अनुरागले ३.९६ जिपिए ल्याएका थिए । उक्त विद्यालयमा अध्ययनरत छात्र छात्रा २४ जनाले नै सफलता हासिल गरेर सतप्रतिशत नतिजा ल्याउन सफल भएको कुरा विद्यालयका प्रिन्सिपल बिमल न्यौपानेले जानकारी दिनुभयो । जिल्लाको औसत प्रतिशतमा ३.७० जिपीए ल्याई प्रथम भएको जनाएको छ । त्यस्तै ग्रेसल्यान्ड अंग्रेजी मावि साँगाकी छात्रा प्रकृति दुलालले ४ जिपिए ल्याई एसईई २०८१ मा जिल्ला प्रथम भएकी थिइन् । त्यस्तै, पनौतीको अरुणदेय अंग्रेजी माबिका छात्र सहर्ष नगरकोटीले ३.९६ जिपीए ल्याई जिल्ला प्रथम भएका छन् । न्युराइजिङका छात्र अनुराग र अरुणदेयका छात्र सहर्षले बराबर जिपिए ल्याएका हुन् त्यस्तै अरुणदेयका अर्का छात्रा कुसुम तीमल्सिनाले ३.९३ जिपिए ल्याई पनौती नगर प्रथम भएकी छिन् ।
