IMG-LOGO

४ जीपिए ल्याउने छात्रा दुलाल सम्मानित

 मंगल, असार १७, २०८२  --

 

साँगा÷ बनेपा नगरपालिका–१४ साँगा ग्रेस ल्याण्ड अंग्रेजी माध्यमिक विद्यालयले राष्ट्रिय परिक्षा बोर्डले प्रकाशित गरेको नतिजा अनुसार ४ जीपिए ल्याई जिल्ला प्रथम प्रकृति दुलाललाई सम्मान गरेको छ । विद्यालयका प्रिन्सिपल सुजेन्द्र श्रेष्ठले जिल्ला प्रथम दुलाललाई सम्मान गर्दे आगामी उच्च शिक्षा समेत सफलाको शुभकामना दिनुभायो । विद्यालयको नर्सरी देखी कक्षा १० सम्मै अध्यनरत अनुशासित, मेहनती मेधाबी छात्रा प्रकृति दुलाले विद्यालयक सगै जिल्लाको नाम राख्न सफल भएकोमा बधाई दिएका थिए । विद्यालयकै अनुशासित र मेहनती छात्रालाई शिक्षक, अभिभाबक र दुलालको मेहनतले नै उक्त नतिजा प्राप्त गर्न सफल भएको श्रेष्ठले उल्येख गर्नुभयो ।

     आपूmले नजानेको कुरा युटुब र अनलाईमा पढ्ने साथीहरुलाई सिकाउने, शिक्षकलाई सोधेर पढ्ने गर्दा सफल भएको उनले बताईन् । भविश्यमा डाक्टर बन्ने ईच्छा रहेको बताइन् । आउन अभिभावक र शिक्षकको ठुलो साथ रहेको दुलालले बताईन् । कार्यक्रममा विद्यालयमा शतप्रतिशत उतिर्ण भएकोमा प्रिन्सिपल सुजेन्द्र श्रेष्ठले बधाई दिदै सम्पुर्ण विद्यार्थीहरुलाई सम्मान गर्नुभएको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्