विश्व संगीत दिवसको अवसरमा आयोजित बृहत सांस्कृतिक एवं शुभकामना आदानप्रदान कार्यक्रम बरिस्ट लोक गायक मच्छेश्वर सापकोटाको प्रमुख आतिथ्यता तथा साहित्यकार हरि मन्जुश्रीको विशिष्ट आतिथ्यतामा भएकोकार्यक्रममा बनेपा ब्याइज क्लबका अध्यक्ष महेश कुमार कर्माचार्यको सभापतित्वमा सम्पन्न भएको छ।कार्यक्रमको संयोजक चर्चित गायक रामहरि न्यौपानेले गर्नु भएको थियोे । उक्त कार्यक्रममा काभ्रेली कलाकारहरुले आ–आफ्नो प्रतिभा प्रस्तुत गर्नु भएको थियोे । गायक हरि कर्माचार्यले सास्कृतिक कार्यक्रमको लागि १० हजार सहयोग उपलब्ध गराएको कार्यक्रम आयोजक बनेपा ब्याइज क्लबले जनाएको छ ।
