एनआरएनए क्यालिफोर्नियाको अध्यक्ष पदमा लक्ष्मण सापकोटाको उम्मेदवारी, गुटबन्दी विरुद्धको स्पष्ट सन्देश
क्यालिफोर्निया, अमेरिका । अन्तरराष्ट्रिय सेफ सोसाइटी अमेरिकाका संयोजक एवं का गलष्तभम कलबका तभबmm बलबनभच पाँच वर्षदेखि प्रवासी नेपाली समुदायमा सक्रिय सामाजिक अभियन्ता लक्ष्मण सापकोटाले एनआरएनए क्यालिफोर्निया च्याप्टरको अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।
सामाजिक सेवा, आपतकालीन राहत, र प्रवासी नेपालीहरूका सरोकारमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका सापकोटाले उम्मेदवारी घोषणा गर्दै एनआरएनएभित्र देखिएको गुटबन्दी, राजनीतिक प्रभाव र पारदर्शिताको अभावप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् ।
“एनआरएनएले आफूलाई नेपालीहरूको हकहित र सेवामा समर्पित संस्था भन्दछ,” सापकोटाले भने, “तर व्यवहारमा गुटगत स्वार्थ र अनैतिक हस्तक्षेपले संस्थाको छवि धमिलिँदै गएको छ । यो प्रवृत्ति नेपालमै सीमित थिएन—अब त प्रवासका साझा संस्थामा समेत यस्तै विकृति देखा पर्न थालेको छ ।”
उनले थप स्पष्ट पारे, “यदि समयमै सुधार गरिएन भने, संस्थाले आम नेपाली डायस्पोराको समर्थन मात्र होइन, भरोसा पनि गुमाउन सक्छ ।” सापकोटाले संस्थाको नेतृत्व गुटभन्दा माथि उठ्ने, पारदर्शिता, जवाफदेहिता र समावेशी सहभागिताको मूल्यमान्यता अनुसार अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन् । “हामीलाई अब गल्ती स्वीकार्ने साहस र सुधार्ने इच्छाशक्ति चाहिन्छ,” उनी भन्छन्, “प्रवासी नेपाली समाजको यथार्थ प्रतिनिधित्व गर्ने नेतृत्व निर्माणको यही बेला हो ।” उनको यो घोषणा प्रवासी नेपाली समुदायमा गम्भीर बहसको विषय बनेको छ —के यसपटक नेतृत्वमा साँच्चिकै परिवर्तन सम्भव छ ? ऊनी बालेन हुन् ।
