IMG-LOGO

जुनियर तथा युवा रेडक्रस सम्बन्धि शिविर

 सोम, असार ९, २०८२  --

    बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले योजनाको प्राथमिकीकरण गर्न नसकेको स्विकार गर्नुभएको छ । नेपाल रेडक्रस सोसाइटी बागमती प्रदेशको छैठौं प्रदेश स्तरीय जुनियर तथा युवा रेडक्रस शिविरको शनिबार धुलिखेलमा उद्घाटन गर्दै मुख्यमन्त्री लामाले सबैतिर बजेट छरिँदा कतैपनि प्रभावकारी काम हुन नसकेको बताउनुभयो । छुटेका योजनाहरु सबै मिलेर आगामी दिनमा कार्यान्वयन गर्ने उहाले प्रतिबद्धता जनाउनुभयो । काठमाडौं विश्वविद्यालय रेडक्रसको समन्वय, नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाको आतिथ्यता तथा नेरेसो वागमती प्रदेशको आयोजनामा सम्पन्न भएको कार्यक्रममा उपस्थितहरुलाई रेडक्रस काभ्रेका सभापति देवेन्द्रप्रसाद भैलले स्वागत गर्नुभएको थियो । नेपाल रेडक्रस सोसाइटी वागमति प्रदेशका सभापति भोलानाथ रुपाखेतीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वागमति प्रदेश योजना तथा नीति आयोगका सदस्य गुणराज मोक्तान, नेरेसो केन्द्रका प्रमुख प्रशासकीय अधिकृत धर्मदत्त बिडारी, बनेपा नगरपालिकाका मेयर शान्तिरत्न शाक्य लगायतले सम्बोधन गर्नुभयो । बागमती प्रदेशका १३ जिल्लाका करिब १ सय जना युवाहरुको शिबिरमा सहभागिता रहेको थियो । उक्त अबसरमा विभिन्न समयमा नेतृत्वमा रहेर काम गरिसकेका रेडक्रसकर्मी पूर्वसभापतित्रय श्यामसुन्दर श्रेष्ठ, सोमप्रसाद हुमागाईं र रघुवर चौप्रधान, पूर्वमन्त्री विश्वनाथ ताम्राकार, रेडक्रसको जिल्ला समितिमा रहेर कार्य गर्नुभएका भोगेन्द्रबहादुर कुँवर, गंगाप्रसाद अधिकारी र माधव नारायण जोशीलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो त्यस्तै नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाले २ करोड रकम पुर्‍याउने योजना अनुरुप निःशुल्क रक्तकोष स्थापना गर्न सहयोग गर्ने ब्यक्तित्वहरुलाई सम्मान गरियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्