पनौती नगरपालिका–५ सुन्दरबस्ती स्थित वि.पि. राजमार्ग सडक खण्डमा काभ्रेभञ्ज्याङबाट काठमाण्डौ तर्फ जादै गरेको बा.प्र.०३–०२–०१० प २३१० न. को मो.सा.लाई विपरित दिशाबाट आउदै गरेको बा.प्र.०३–००१ ज ४४१ नं.को भ्ख् गाडीले मो.सा.लाई ठक्कर दिई सवारी दुर्घटना हुँदा मो.सा. चालक र मो.सा. पछाडी सवार निम्न स्थान बस्ने निम्न मानिस घाईते भई उपचरको लागि धुलिखेल अस्पताल काभ्रेमा पठाएको, उपचारमा भ्ख् गाडी साहु संलग्न, भ्ख् गाडि र भ्ख् चालक जिल्ला सिन्धुली कमलामाई न.पा. ५ बस्ने बर्ष ३१ को निम बहादुर मोक्तान जि.प्र.का. काभ्रेको नियन्त्रणमा रहेको जनाएको छ ।
मोटरसाइकल चालक जिल्ला महोत्तरी बर्दिबास न.पा. ५ बस्ने नेपाली सेनाको बर्दिबास फिल्ड अस्पतालामा कार्यरत अ. बर्ष २९ को सिपाही श्याम कुमार थिङ, गाला, दाहिने खुट्टा, दाहिने हातमा चोट, अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । पछाडी सवार जिल्ला काठमाण्डौ घर भई हाल जिल्ला सर्लाही स्थित नेपाली सेनाको कालिध्वज गणमा कार्यरत बर्ष २४ की सिपाही सरस्वती तामाङ, दुबै हात र कम्मरमा चोट अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।
