बनेपा, शनिबार बनेपा नगरपालिका–७ गोदामचोक नजिक बनेपा पनौती सडक खण्डमा पनौती तर्फबाट बनेपा तर्फ आउदै गरेको ना ४ च ५९४५ नम्बरको योद्वा गाडीले बनेपाबाट पनौती तर्फ जाँदै गरेको बा.प्र.०२–०२३ प ६०२३ नम्वरको स्कुटरलाइ ठक्कर दिँदा स्कुटर चालक जिल्ला काभ्रे तेमाल गा.पा. १ घर भइ हाल जिल्ला काभ्रे बनेपा न.पा.७ बसपार्क पछाडी डेरा गरी बस्ने अन्दाजी वर्ष ४५ को ज्ञान ध्वज तामाङ टाउकोमा गम्भिर चोट लागि घाइते भइ उपचारको लागि शिर मेमोरियल अस्पताल बनेपा काभ्रे पठाएकोमा, ऐ. १४ः०० बजे उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घटनास्थलमा इ.प्र.का. बनेपाबाट प्र.ना.उ. रामेश्वर त्वाती (९८५१२५४५३१) को कमाण्डमा १० जनाको टोली खटी गएको ठक्कर दिने योद्वा गाडी र स्कुटर इ.प्र.का. बनेपाको नियन्त्रणमा रहेको, योद्वा गाडीको चालकलाई नियन्त्रणमा लिई कारवाही प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ । योद्दा गाडि साहु जिल्ला धनुषा जनकपुर उपमाहानगरपालिका १३ बस्ने अन्दाजी वर्ष ३५ को अजय यादव रहेको प्रहरीले जनाएको छ ।
