IMG-LOGO

३९ औं अन्तर्राष्ट्रिय एसओएस दिवसमा रक्तदान

 सोम, असार ९, २०८२  --

 

 

    ३९ औ अन्तर्राष्ट्रिय एसओएस दिवसको अवसरमा शुक्रबार एसओएस हर्मन माइनर विद्यालय जुनियर रेडक्रस सर्कल काभ्रेको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । विद्यालयको सामाजिक क्रियाकलापमा सक्रियता हासिलमा निरन्तर लागि परेका विद्यार्थीहरूको सहभागितामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलसी रत्न छुँजुको सभापतित्वमा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी काभ्रेका उपसभापति पुष्पा बस्नेत खड्का विद्यालयका प्राचार्य नरेश आचार्य, शिक्षक नायक हरिनारायण तिम्सिना सामुदायिक रेडियो प्रचारक संघ जिल्ला समन्वय समिति संयोजक रमेश प्रसाद न्यौपाने लगायतको आथित्यता रहेको थियो । विद्यालयका जुनियर रेडक्रस सर्कल अध्यक्ष निलम देउजा, सचिव कृति अधिकारीले रक्तदान कार्यक्रमको सहजीकरण गर्नुभएको थियो । नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको कुरा विद्यालयका प्राचार्य नरेश आचार्यले बताउनुभयो । ४२ जनाले रक्तदान गरेको विद्यालयले जनाएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्