IMG-LOGO

११ औं अन्तराष्ट्रिय योग दिवस सम्पन्न

 सोम, असार ९, २०८२  --

   पतंजलि योग समिती, बागमती प्रदेश समिती, काभ्रे जिल्ला समिती, महिला समिती र युवा नेपाल समिती काभ्रेले हालै अन्तराष्ट्रिय योग दिवश आयोजना गरिएको छ । बनेपाको स्मार्ट पार्टी प्यालेसमा सम्पन्न कार्यक्रममा बनेपा नगरपालिकाका प्रमुख अतिथी शान्ति रत्न शाक्यले उद्घाटन गर्नु भयो ।

    सो अवसरमा प्रमुख अतिथी मेयर शाक्यले नगरपालिकाले योगलाई विशेष महत्व दिदै बाल बालिकाहरुबाटै योग शुरु गर्दा सहज हुने भएकोले कक्षा ७ र ८ मा योग सम्बन्धि पाठ्यक्रम राखिएको बताए । सामुदायिक विद्यालयमा योग शिक्षकको व्यवस्थापन गरि योगलाई घर घरमा पुर्‍याउने शाक्यले बताउनुभयो ।

    कार्यक्रममा पतंजलि योगसमितीका सल्लाहकार एवं बनेपा नगरपालिकाका वडाध्यक्षहरु ५ न.का वडाध्यक्ष बलराम अधिकारी, ७ नं.का वडा अध्यक्ष हिटलर शाक्य, १० नं. वडाका वडाध्यक्ष चन्द्र बहादुर खड्का, आयुर्वेद तथा वैकल्पिक चिकित्सालयका प्रमुख अर्जुन उपाध्याय, पतंजलि योग समिती बागमती प्रदेश प्रमुख ग्रोवेन तौजले, सदस्य दमन कुमार श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्नु भएको कार्यक्रमको सभापतित्व गर्नु भएका पतंजलि योग समिती काभ्रेका अध्यक्ष प्रकाश कायष्ठले योग गर्नुको फाईदाका बारेमा बताउनु भएको थियो । साथै २०८० सालबाट पतंजलि योग समिती काभ्रेले शुरु गरिएका छात्रवृतिलाई आगामी दिनमा पनि निरन्तरता दिने बताउनुभयो ।

   पतंजलि योग समितीले विगत ३ वर्ष अघि देखि नगर भित्रका सामुदायिक विद्यालयसम्म अध्ययन गर्ने ७ जना विद्यार्थीहरुलार्य कक्षा १ देखि १२ सम्म अध्यापनका लागी ब्याग, स्टेश्नरी, डे्रस लगायतका सामाग्री प्रदान गरेको छ । कार्यक्रममा स्वागत मन्तव्य महिला पतंजलि योग समितीका अध्यक्ष ईन्दिरा तौजले, धन्यवाद ज्ञापन युवा नेपालका अध्यक्ष रमेश श्रेष्ठले गरेका थिए । उक्त कार्यक्रमको उद्घोषण महामन्त्रीद्वय शयाम कुमार श्रेष्ठ र लक्ष्मी उलकले गर्नु भएको थियो ।

    यस अघि अन्तराष्ट्रिय योग दिवशकोउपलक्षयमा आषाद ४,५ र ६ गते तीन दिने विभिन्न रोग विषेश योग शिविरको बागमती प्रदेश सांसद कन्चन चन्द्र बादेले उद्घाटन गर्नु भएको थियो । पतंजलि बागमती प्रदेश प्रमुख ग्रोवेन तौजलेको प्रमुख प्रशिक्षणमा भएको उक्त शिविरमा काभ्रे जिल्ला भरिका ३०० भन्दा बढी योग साधक साधिका लगायतका व्यक्तीहरुको सहभागिता रहेको पतंजलि योग समिती काभ्रेका संचार प्रभारी मिलन भक्त श्रेष्ठले जानकारी दिनुभयो । साथै सोही उपलक्ष्यमा योग आसन सम्बन्धि विभिन्न उमेरका बिच भएको प्रतियोगितामा विजयीहरुलाई पनी बागमती प्रदेश सांसद कन्चन चन्द्र बादेले पुरस्कार वितरण गर्नु भएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्