IMG-LOGO

जिल्ला समन्वय समिति काभ्रेको ८ औं सभा     जिल्ला समन्वय समिति काभ्रेको आठौं जिल्ला सभा

 सोम, असार ९, २०८२  --

तथा आर्थिक वर्ष २०८१/८२ को प्रगति समिक्षा धुलिखेलमा सम्पन्न भएको छ । पुर्व मन्त्री एवं संघीय सांसद गोकुल बास्कोटाको प्रमुख आतिथ्यता तथा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक कुमार गौतमको सभापतित्व रहेको कार्यक्रममा पालिकाका प्रमुख/उपप्रमुख, सरकारी कार्यालयका प्रमुख एवं सरोकारवालाको उपस्थिती रहेको थियो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व मन्त्री एवं संघीय सांसद गोकुल बास्कोटाले जिल्ला समन्वय समिति काभ्रेले गरेको प्रयास प्रति धन्यवाद दिनुभयो । पूर्व मन्त्री बास्कोटाले आर्थिक अनुशासनमा कुनै पनि सरकार बस्न नसकेको प्रति चिन्ता व्यक्त गर्नुभयो । संघ सरकारको बजेट पनि वडा र टोल केन्द्रित हुने परिपाटी रहेको भन्दै उहाँले पालिका वडा र टोलमा केन्द्रित भएपनि संघ सरकार र प्रदेश सरकारले रोजगारी सिर्जना गर्ने र दीर्घकालिन महत्व राख्ने योजना ल्याउनुपर्नेमा बताउनुभयो । जिल्ला समन्वय समिति काभ्रेका अध्यक्ष दिपक गौतमले जिल्ला समन्वय समितिलाई प्रभावकारी अनुगमन गर्ने जिम्मेवारी नदिने हो भने २०८४ सालमा जिल्ला समन्वय समितिलाई खारेज गरेपनि केहि फरक नपर्ने उल्येख गर्नुभयो ।

    कार्यक्रममा बागमति प्रदेश सभा सदस्य रत्न ढकालले अब तीन तहकै प्राथमिकता रोजगारी सिर्जना र आत्मनिर्भरता तर्फ केन्द्रित हुनुपर्ने बताउनुभयो । काठमाडौं विश्वविद्यालयका उप–कुलपति डा. अच्युत प्रसाद वाग्लेले काठमाडौं विश्वविद्यालयले जिल्लाका १३ वटै पालिकाका दुई जनालाई बीएससी एग्रिकल्चर अध्ययनका लागि ५० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउने घोषणा गरेका छन् । विश्वविद्यालय विपद् व्यवस्थापन तालिम केन्द्र स्थापनाको अन्तिम तयारमिा रहेको समेत उनले बताएका छन् । पालिकाहरुको तर्फबाट पाँचखाल नगरपालिकाका नगर प्रमुख महेश खरेलले राख्नुभएको थियो ।

    प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले विपद् जोमिम न्यूनिकरण एकल प्रयासमा सम्भव नहुने भन्दै सहकार्यको जरुरी रहेको बताउनुभयो । नेपाल पत्रकार महासंघ काभ्रेका कार्यवाहक अध्यक्ष कपिल कोइराला लगायतले समन्वय समितिले गरिरहेको काम, अबको प्राथमिकता लगायतको बारेमा मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा जिसस उपाध्यक्ष रिम बहादुर तामाङले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान गर्ने पालिका, सरकारी कार्यलय लगायत विभिन्न क्षेत्रलाई सम्मान गरिएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्