IMG-LOGO

साढे ६ बजेदेखि विहान ५ बजे सम्म विपी राजमार्ग आगमनमा रोक

 सोम, असार ९, २०८२  --

    धुलिखेल / मनसुनजन्य विपद्को जोखिमलाई मध्यनजर गर्दै वी.पी. राजमार्गको काभ्रेभञ्ज्याङ– खुर्कोट खण्डमा रातको समयमा यात्रुवहाक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । शुक्रबार सिन्धुलीको खुर्कोटमा बसेको सिन्धुली, काभ्रे र रामेछाप जिल्लाको सुरक्षा समन्वय समितिको संयुक्त बैठकले बर्षाको कारण विपद्को अवस्था सिर्जना हुन सक्ने भएकोले यात्रुको सुरक्षा ध्यानमा राखेर असार ६ गतेदेखि १५ दिनसम्म राती साँढे ६ बजेबाट बिहान ५ बजेसम्म यात्रुबाहक सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरिएको काभ्रेका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो ।

    गत असोज १० देखि १२ गतेको बाढीका कारण वी.पी. राजमार्गको नेपालथोक–भकुण्डेबेशी खण्डमा बढी क्षति पुगेको छ । वी.पी. राजमार्ग हुँदै पूर्वी नेपाल तथा मध्य तराईका जिल्लाका साथै सिन्धुली, रामेछाप, दोलखा, काभ्रे, ओखलढुंगा लगायतका जिल्लासम्म सवारी साधनहरू आवतजावत हुँदै आएको भएपनि गत असोजको बाढी र पहिरोको कारण राजमार्गमा क्षति भएपछि प्रभावित हुँदै आएको छ । अस्थायी डाइभर्सन बनाएर यातायात सञ्चालन गरिएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्