बनेपा/ नेपाल केनशिनकान कराते सघंले खेलाडीहरुको बेल्ट प्रमोशन टेष्ट गरेको छ । नगर प्रमुख शान्तिरत्न शाक्यले खेलाडीहरुलाई प्रमाण पत्र वितरण गर्दे खेललाई निरनत्तरता दिन आग्रह गर्नुभएको थियो । खेलले मानिसलाई अनुशासित, स्वस्थ बनाउने भएकाले आफु स्वस्थ भए मात्रै घर, समाज र राष्ट्रको विकासमा सहयोग पुग्ने उनले बताउनुभयो । नगरपालिकाले नगर भित्र रहेका विभिन्न खेलहरुको संरक्षण र प्रर्बद्धन गर्दे आएको शाक्यले बताउनुभयो । महिला भलिबल, फुटबल, कराते, योग लगाएतका विभिन्न क्षेत्रहरु सगं समन्वय गरी नागरीकहरुलाई स्वास्थ राख्न काम गर्दे आएको बताउनुभयो । कार्यक्रममा ४५ जना खेलाडीहरुको बेल्ट प्रमोशन टेष्ट गर्नुभएको थियो । कार्यक्रममा बनेपा नगरपालिका ५ नम्बर वडा अध्यक्ष बलराम अधिकारी सघंका अध्यक्ष रहदेब पोटे लगाएतले मन्तब्य राख्नुभएको थियो
