बनेपा नेपाल महर्षि बौद्धिक फाउन्डेसन र विश्व हिन्दु महासंघ नेपाल बागमती प्रदेशको संयुक्त आयोजनामा आध्यात्मिक उन्नयनमा भगवती ध्यानको महत्व विषयक विचार गोष्ठी शनिबार बनेपा पार्टी भन्युमा सम्पन्न भयो । फाउन्डेसनका अध्यक्ष एवं पूर्व गृहराज्यमन्त्री दीपक प्रकाश बास्कोटाको प्रमुख अतिथ्यता तथा कार्यक्रम संयोजक उद्धव नेपालको सभापतित्वमा सम्पन्न कार्यक्रममा विश्व हिन्दु महासंघ नेपाल बागमती प्रदेशका सचिव अर्जुनप्रसाद सापकोटाले स्वागत मन्तव्य दिनुभएको थियो । प्रमुख अतिथि बास्कोटाले दिगो शान्ति बिना समाज र राष्ट्रको समृद्धि असम्भव भएकाले सन्तुलित मन, सत्कर्म, योग ध्यानले मानिसलाई ऊर्जाशील बनाएर अघि बढ्न मद्दत पुग्ने बताउनुभयो । शिक्षाविद प्राडा विद्यानाथ कोइरालाले पुर्खाको ज्ञानको सिकाई गहिराइमा गै बुझेर मानिस सकारात्मक मार्गमा हिँड्ने र सत्कर्म गर्नुपर्ने बताउनुभयो । शिक्षाविद कोइरालाले उर्जालाई निरन्तर कर्ममा बदल्ने आवेग र विवेकलाई सन्तुलनमा राखी मनलाई आनन्दित बनाउन सके हरेक कार्य गन्तव्यमा पु¥याउन सकिने धारणा राख्नुभयो । वेद हाम्रो ज्ञान र विज्ञान दुवै भएको धारणा शिक्षाविद कोइरालाले राख्नुभयो ।
उक्त फाउन्डेसनले देशभरमा ९० स्थानमा गुरुकुल स्कुल सञ्चालन गरी धर्म, संस्कृति, संस्कार, वेद, ज्ञान, विज्ञानको सवालमा समेत अध्यापन गराउँदै आएको छ । समाज सेवीहरु दिपकप्रसाद पौडेल, डा. श्याम भट्टराइ, हरिशरण घिमिरे, रुद्रलोचन आचार्य, कृष्णकुमार केसी, विश्व हिन्दु महासंघ काभ्रेका अध्यक्ष प्रविण धिताल सनातन हिन्दु धर्मालम्बीहरूको कार्यक्रममा सहभागिता रहेको थियो ।
