IMG-LOGO

रक्तदान गर्ने व्यक्ति र सहयोगी संस्थाहरूलाई सम्मान

 मंगल, असार ३, २०८२  --

 

            नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखा र जनस्वास्थ्य कार्यालय धुलिखेलको संयुक्त आयोजनामा विश्व रक्तदान दिवस २०८२ को अवसरमा रक्तदान उत्प्रेरणा कार्यशाला रक्तदान गर्ने सहयोगीहरूलाई सम्मान गरेको छ । ५० पटकदेखि १ सय १४ पटक सम्म रक्तदान गरेका ६९ जना व्यक्ति तथा सङ्घसंस्थालाई सम्मान गरिएको कुरा रेडक्रस काभ्रेका मन्त्री राजु सिदलेले जानकारी दिनुभयो । बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा १ सय १४ पटक रक्तदान गर्ने रघुनाथ हुमागाई लगायत संघ, संस्था सहकारीहरू संस्थालाई समेत सम्मान गरिएको थियो। रेडक्रस काभ्रेका सभापति देवेन्द्र प्रसाद भैलको विशिष्ट अतिथ्यतामा सम्पन्न कार्यक्रममा जनस्वास्थ्य कार्यालयकी प्रमुख रागीश्री कक्षपति श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन भोलानाथ आचार्यले गर्नुभएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्