IMG-LOGO

काठमाण्डौं विश्व विद्यालयमा १ हजार १ सय २९ विद्यार्थी दीक्षित

 मंगल, असार ३, २०८२  ---

 

            धुलिखेल, काठमाडौं विश्वविद्यालयको ३०औं दीक्षान्त समारोहको दोस्रो चरणमा १ हजार १ सय २९ विद्यार्थी दीक्षित भएका छन् । प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार विश्वविद्यालयको केन्द्रीय परिसर धुलिखेलमा भएको दीक्षान्त समारोहमा स्कुल अफ आट्र्सका १ सय ६३ जना, स्कुल अफ एजुकेसनका १ सय २ जना, स्कुल अफ इन्जिनियरिङका ६८ जना, स्कुल अफ मेनेजमेन्टका १ सय १० जना, स्कुल अफ मेडिकल साइन्सेजका ६ सय ६१ जना र स्कुल अफ साइन्सका २५ जना गरी जम्मा १ हजार १ सय २९ जना विद्यार्थी दीक्षित भएका हुन् । पीएचडी तहका १४ जना, डीएम तहका ८ जना, एमसीएच तहका १० जना, एमफिल तहका ६९ जना, स्नातकोत्तर तहका ५ सय १३ जना, पीजीडी तहका ४ जना र स्नातक तहका ५ सय ११ जना सोही समारोहमा दीक्षित भएका छन् । दीक्षित मध्ये छात्रको प्रतिशत ५० दशमलव ९३ प्रतिशत र छात्राको प्रतिशत ४९ दशमलव ०७ प्रतिशत छ । १ सय १८ जना विदेशी विद्यार्थी दीक्षित भएका छन् ।

            काठमाडौं विश्वविद्यालयको पहिलोपटक स्कुल अफ इन्जिनियरिङ अन्तर्गत डक्ट्रेट अफ फिलोसोफी इन जियोम्याटिक्स इञ्जिनियरिङ मा १ जना, स्कुल अफ मेनेजमेन्ट अन्तर्गत व्याचलर अफ प्रोफेसनल हस्पिटालिटीमा मा २० जना र स्कुल अफ मेडिकल साइन्सेज अन्तर्गत डक्ट्रेट अफ मेडिसिन इन क्रिटिकल केयर मेडिसिनमा मा १ जना, डक्ट्रेट अफ मेडिसिन इन पल्मोनरी क्रिटिकल केयर एण्ड स्लिप मेडिसिन मा १ जना, एमएस्सी इन कम्युनिटी हेल्थ नर्सिङमा १ जना, एमएस्सी इन साइक्याट्रिक नर्सिङमा २ जना र मास्टर्स अफ फिथियोथेरापी इन मस्कुलोस्केलेटल फिजियोथेरापीमा मा ५ जनालाई उपाधि प्रदान गरिएको छ ।

            स्नातकोत्तर तहमा सबैभन्दा बढी सिजिपिए प्राप्त गर्ने विद्यार्थीलाई दिइने चान्सलर पदक स्कुल अफ एजुकेसनका दयाराम सिंखडा, स्नातक तहमा सबैभन्दा बढी सिजिपिए प्राप्त गर्ने विद्यार्थीलाई दिइने भाइस चान्सलर स्वर्णपदक स्कुल अफ मेनेजमेन्टका एजल सुखजू, एमबिए तहमा सबैभन्दा बढी सिजिपिए प्राप्त गर्ने विद्यार्थीलाई दिइने जुद्धबहादुर श्रेष्ठ स्वर्णपदक स्कुल अफ मेनेजमेन्टका कृष्णबाबु भट्टराईलाई प्रदान गरिएको छ । यस्तै रमेशप्रसाद सिंह स्वर्णपदक स्कुल अफ मेडिकल साइन्सेजका सुयस तिमल्सिनालाई, महेशनाथ पराजुली स्वर्णपदक स्कुल अफ एजुकेसनका युरिशा उपाध्याय र प्रेमराज पन्त स्वर्णपदक स्कुल अफ स्कुल अफ मेनेजमेन्टका एजल सुखजुलाई प्रदान गरिएको छ । तीसौं दीक्षान्त समारोहको दोस्रो चरणको कार्यक्रमसम्म काठमाडौं विश्वविद्यालयबाट ४७ हजार ८ सय ३१ जना उत्तीर्ण भएका छन् । जसमध्ये ५ हजार ६ सय ६० जना (११ दशमलव ८३ प्रतिशत) विदेशी विद्यार्थी छन् । कार्यक्रमलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले सिप सहितको व्यवहारिक शिक्षा ग्रहण गरी आ–आप्mनो क्षमता विकास गरेकोले सबै विद्यार्थीहरुलाई हार्दिक बधाई तथा शुभकामना दिनुभयो । प्रम ओलीले विभिन्न विधामा सफलता हाँसिल गरेका विद्यार्थीहरु सबैले देशको सर्वाङ्गीण विकासमा योगदान गर्न सुझाउनु भयो । कार्यक्रममा शिक्षामन्त्री रघुजी पन्त, काठमाण्डौं विश्वविद्यालयका उपकुलपति प्रा. डा. अच्यूद प्रसाद वाग्ले लगायतल विश्व विद्यालयले शैक्षिक क्षेत्रको गुणात्मक विकासमा खेलेको भूमिकाको बारेमा चर्चा गर्नुभएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्