परराष्ट्र मन्त्रालयले असार १ गते एक प्रेसबक्तव्य जारी गरेको छ । जारी वक्तव्यमा इजराइल र इरानवीच पछिल्ला तीन दिनमा घटेका घटनाप्रति सजग रहन नेपाली समुदायलाई अपिल गरेको छ । परराष्ट्र मन्त्री डा. आरजू राणा देउवाले इजराइलको तेलअमि र कतारको दोहामा रहेका दुतावासलाई फोन गरेर सम्वन्धित देशमा रहेका नेपाली नागरिकलाई सुरक्षासाथ, सजग र सर्तक रहन भनेकी छिन । इजराइलमा रहेको दुतावास कुमारबहादुर श्रेष्ठको मोबाइल नं. ९८२५३५३६०७४८, ०३५१००१११ नम्बरमा जोडिन र इशनमा रहेका नेपालीले दोहाको नम्बर कुमार रईको ९७४–५५६१६०४०, ९७४४४६७५६८१, ४४६७५६८३, ४४१७१९६२ मा सम्पर्क राख्न भनिएको छ ।
