होटल सारथी प्राली धुलिखेलले धुलिखेल –८ का स्थानीय सरोकारवालासग अन्तरकृया कार्यक्रम २०८२ जेठ २४ गते सम्पन्न भयो । होटल कम्पनी सचिव ज्योति दाहालले कार्यक्रमको औचित्यको बारेमा प्रष्ट पार्नु भयो।धुलिखेल नगर पालिका उप प्रमुख निराजन जङ्गमको आतिथ्यतामा सम्पन्न कार्यक्रममा होटलका अध्यक्ष प्रल्हाद प्याकुरेलले आगामी दिनमा होटल फो स्टारको स्वीकृतको तयारी अघि बढेको, ग्राहकहरुलाई थप प्रभावकारी सेवा प्रवाह प्रदान गर्न लागिएको बताउनुभयो । १ सय ७६ जनालाई रोजगारी दिन सफल उक्त होटलले सामाजिक उत्तरदायित्व बहन, पर्यटन क्षेत्रको सकारात्मक विकासमा समेत इटा थप्ने कार्य गरेको कुरा होटल सञ्चालक दिलिप शर्माले बताउनुभयो । स्थानीय सरोकारवालाहरुले, कृषकहरु उत्पादन गरेका कृषिजन्य उपज, दुधजन्य पदार्थ होटलले व्राण्डीङ गर्न, सहजीकरण गरी उपभोग गर्ने प्रबन्ध मिलाउन आग्रह गरे । पर्यटन पूर्वाधार, वातावरण संरक्षणमा स्थानीय संघ संस्थासँग समन्वय गरी कार्य अघि बढाउन स्थानीयले सुझाएका थिए । दक्षत क्षमताका आधारमा स्थानयहरुलाई रोजगारीको लागि ३० देखि ३५ प्रतिशत नीतिमै समावेस गर्न अनुरोध गरेका थिए । उक्त होटलमा हाल स्थानीयले १९ जनाले रोजगारी प्राप्त गरेका छन् ।
