IMG-LOGO

अन्तराष्ट्रिय योग दिवस मनाईने

 मंगल, जेठ २८, २०८२  --

     पतंजलि योग समिती काभ्रे जिल्लाले ११ औँ अन्तराष्ट्रिय योग दिवसको उपलक्ष्यमा विभिन्न कार्यक्रम गरि मनाईने भएको छ । सोही उपलक्ष्यमा बनेपाको स्मार्ट पार्टी प्यालेसमा विभिन्न रोग सम्बन्धि जेष्ठ ४, ५ र ६ तिन दिने योग शिविर संचालन गरिने भएको छ । बागमती प्रदेश प्रमुख ग्रोवेन तौजलेको प्रमुख प्रशिक्षणमा संचालन हुने उक्त शिविरमा जिल्ला भरिका २०० जना भन्दा बढी योग शिक्षक शिक्षिकाहरुलाई प्रशिक्षण् दिईने छ ।

     सोही उपलक्ष्यमा योग खेलकुद समिती काभ्रेले जिल्लाव्यापी अन्तर योग आसन प्रतियोगिताको आयोजना गरिने भएको छ । ९ वर्ष देखि १२ वर्षसम्म, १३ वर्ष देखि १८ वर्षसम्म, १९ वर्ष देखि २५ वर्षसम्म, २६ वर्ष देखि ३५ वर्षसम्म, ३६ वर्ष देखि ५० वर्षसम्म र ५१ वर्ष देखि माथिका उमेर गरि ६ समुुह बिच अन्तर योग आसन प्रतियोगिता हुने भएको छ । यसका साथै जिल्लामा रहेका ४३ वटा योग सेन्टर केन्द्रमा विभिन्न कार्यक्रमहरु आयोजना गरिने भएको सञ्चार प्रभारी मिलन भक्त श्रेष्ठले जानकारी दिनुभयो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्