IMG-LOGO

लड्केश्वर मन्दीरमा राष्ट्रिय महारुद्रयाग श्रावणि महाअनुष्ठान हुने

 मंगल, जेठ २८, २०८२  – रामेश्वर आचार्य (सागर)

     पनौतिमा रहेकोे लड्केश्वर धाममा आगामी श्रावण महिनामा राष्ट्रिय महारुद्रयाग श्रावणि महाअनुष्ठान हुने भएको छ । विपद् पश्चात् लड्केश्वर धाम पुननिर्माण र लड्केश्वर धामको भावी योजना र कार्यक्रमको बारेमा जानकारी लिन पुगेका  पत्रकार महासङ्घ काभ्रेका अध्यक्ष सहितका सञ्चारकर्मी हरुलाई संक्षिप्त प्रतिक्रिया दिदै ॐ कार फाउन्डेसनका अध्यक्ष तथा कालाग्नी रुद्रपीठ लड्केश्वरका पिठाधिश मुकुन्द शर्मा हुमागाईले श्रद्धालु भक्तजनहरूको उपस्थितिमा सर्वोच्च विशाल त्रिशुल लड्केश्वर महादेवलाई समर्पित गरिने र भक्तजनलाई सहजताको लागि रोशी खोलामा तत्काल साँघु निर्माण गरिने पनि जानकारी दिनुभयो । गत असोज १० र ११ गते आएको बाढीले लड्केश्वर क्षेत्रमा निर्माण गरिएका संरचनाहरू कसरी ध्वस्त भयो ? पुन निर्माण कसरी भइरहेको छ ? भाबि कार्यक्रम र योजनाहरू के के छन् भन्ने बारेमा उहाले जानकारी गराउनुभयो । एउटा उचाइ लिईसकेको लड्केश्वर धाम पूर्ण क्षति भएपछि अहिले शून्यबाट पुननिर्माण सुरु गर्न परेको र राज्यले त्यसमा कुनै चासो नदेखाएकाले आफू चिन्तित रहेको शर्माको भनाई रहेको छ । विश्वकै अग्लो १०८ फिट उचाइ भएको त्रिशुल, सत्तलहरु, १०८ धारा र गत वर्ष लगाइएको कोटी होम भक्तजनहरूको दान चन्दा र सहयोगबाट सम्पन्न भएको थियोे । राज्यले लड्केश्वर धाम सम्म आउने बाटो निर्माण गरिदिए भक्तजनलाई सहज हुने र यसबाट धार्मिक पर्यटन क्षेत्रमा टेवा पुग्ने थियो । यसको लागि पहल गरिदिन काभ्रेली पत्रकारहरू सँग मुकुन्द शर्माले अनुरोध गर्नुभयो । पत्रकार महासङ्घ काभ्रेका पूर्व अध्यक्ष महेश पौडेलले लड्केश्वरको इतिहासका बारेमा जानकारी गराउँदै थप खोज अध्ययन भइरहेको र भूपतिन्द्र मल्ल राजा भएको समयमा माघ १ गते लड्केश्वर महादेवको दर्शन गरेको कुरा राष्ट्रिय अभिलेखालयमा उल्लेख गरिएको कुरा बताउनुभयो । पत्रकार महासङ्घ काभ्रेका अध्यक्ष विनोद न्यौपानेले लड्केश्वर धामको प्रचार प्रसारमा पत्रकारहरूको तर्फबाट कुनै कमी हुन नदिने प्रतिबद्धता जनाउनुभयो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्