IMG-LOGO

इम्ब्रोइडरी एड्भान्स सिलाई तलिम

 मंगल, जेठ २८, २०८२  – गौरब मानन्धर

 

     गृहिणी महिलाहरुको लागि १५ दिने हाते इम्ब्रोइडरी तालिम र ३० दिने एडभान्स स्पेशल सिलाई तालिम सम्पन्न भएको छ । बनेपा नगरपालिकाको आयोजना तथा बैदार इम्ब्रोइडरी फेशन एण्ड ट्रेनिङ बनेपाको समन्वयमा भएको उक्त तालिमको समापन बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख शाक्यले नगरपालिकाले दिएको सिपमुलक तालिमहरुलाई व्यबहारमा उतारेर ब्यवसायीक बन्न आग्रह गर्नुभएको थियो । बनेपा नगर उप प्रमुख बिमला सापकोटाले सिकेका सीप बाट आफु सक्षम र सबल हुन र आत्मविश्वास समेत बढाउन सहयोग पुग्नेमा बिश्वस्त रहेको जानकारी दिनुभयो । कार्यक्रममा ६२ जना तालिम प्राप्त गृहिणीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । महिला बालबालिका तथा ज्येष्ठ नागरीक शाखा अधिकृत भगवती तामाङले स्वागत मन्तब्य राख्नुभएको कार्यक्रमको सञ्चालन निरु बैदारले गर्नुभयो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्