IMG-LOGO

ज्ञानकुञ्जद्वारा ५ औं रोड रेस प्रतियोगीता हुने

 मंगल, जेठ २८, २०८२  – हरिनाथ न्यौपाने

 

    ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान बनेपाको आयोजनामा जेठ ३१ गते शनिबार पाँचौं ज्ञानकुञ्ज रोड रेस–२०८२ हुने भएको छ । आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतिष्ठानका अध्यक्ष सुरकृष्ण वैद्यले विद्यार्थीहरुबीच प्रतिस्पर्धा गराई भोलिका दिनमा जुनसुकै क्षेत्रमा पनि कुशल नेतृत्व स्थापित गराउन सकिने र एसईईको तयारीको लागि कडा अनुशासनभित्र पठनपाठन गरी एसईई लगत्तै फ्रि समयमा अनावश्यक कुलतमा तथा गलत बाटोमा हिँड्न सक्ने भएकाले उनीहरुलाई खेलकुदमार्फत् सही बाटो र अनुशासनमा राख्नको लागि पाँचौं ज्ञानकुञ्ज रोड रेस–२०८२ को आयोजना गरिएको बताउनुभयो । रोड रेसमा छात्रा÷छात्र दुवै विधा समावेश गरिएको छ । छात्राहरुको रोड रेस ३.६ किलोमिटरको (तीनदोबाटो, चारदोबाटो, चण्डेश्वरीबाट फर्कंदै विद्यालय) रहनेछ भने छात्रको ७ किलोमिटरको (पनौतीदेखि विद्यालय) हुनेछ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने दुवै विधाका प्रतियोगीले क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार पाउनेछन् । प्रतियोगितामा सहभागी हुन २०८१ को एसईई परीक्षा दिएको प्रवेशपत्रको सक्कल प्रति वा प्रधानाध्यापकद्वारा प्रमाणित प्रतिलिपि र हालसालै खिचेको रंगिन फोटो आवश्यक पर्दछ । जेठ २९ गतेभित्र नाम दर्ता गरिसक्नु पर्ने र सहभागिता शुल्क एक सय लाग्नेछ । जेठ ३१ गते शनिबार बिहान ५ः३० बजेदेखि रोड रेस सुरु हुने प्रतिष्ठानका प्रबन्ध निर्देशक प्रताप वैद्यले जानकारी दिनुभयो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्