क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यवाहक महासचिव गौरवले एक प्रेस वक्तव्य जारी गरी महासचिव मोहन वैद्य किरणको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । शनिबार साँझ जारी गरिएको प्रेस वक्तव्यमा भनिएको छ, “नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनका अविचलित नेता, वरिष्ठ दार्शनिक तथा सौन्दर्य चिन्तक, हाम्रो पार्टीका महासचिव कमरेड मोहन वैद्य ‘किरण’ स्वाश–प्रश्वास सम्बन्धी समस्याको उपचारका लागि गत जेठ १८ गतेदेखि त्रिभूवन विश्वविद्यालय, शिक्षण अस्पताल, महाराजगन्जमा उपचाररत हुनुहुन्छ ।
उहाँको स्वास्थ्य अवस्था स्थिर छ । पार्टीका महासचिव कमरेड किरणको हामी शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।” किरणकी १०० बर्षीया आमाको निधन भएकोमा अन्तिम संस्कारको क्रममा दाङ पुग्नुभएका उहककाको स्वास्थ्यमा अचानक समस्या देखिएपछि उपचारको लागि काठमाडौं आउनुभएको थियो। र, करिब दुई हप्तादेखि आइसीयुमा रहेर उपचार गराइरहनु भएको छ । प्युठानको खैरामा जन्मिनुभएका उहकका क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव हुनुहुन्छ । काभ्रे टाइम्स नेता किरणको शीघ्र र पूर्ण स्वास्थ्यलाभको हार्दिक शुभकामना व्यक्त गर्दछ ।
