नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतबाट सफाइ पाएका छन । काभ्रेका अर्जुन लामालाई हत्या गरेको भन्दै लामाकी पत्नी पुर्णीमायाले सापकोटालाइ ज्यान मुद्दा हालेकी थिइन । सापकोटाको मुद्दा जनयुद्धकालिन मुद्दा भएकाले नियमित अदालतबाट मुद्दा छिन्न नमिल्ने भन्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले सफाइ दिएको छ । तर सर्वोच्चाले सरकारले तामेलीमा राखेको अनुसन्धान बारेको उजुरीलाई भने जगाइदिएको छ । अब सापकोटाको मुद्दा नियमित अदालतबाट फैसला हुनेछैन ।
