IMG-LOGO

आगामी फागुण देखि दोश्रो आर्थिक गणना

 मंगल, जेठ २८, २०८२  --

         नेपालमा दोश्रो पटक गरिन लागेको आर्थिक गणनाको तयारी, आर्थिक गणना, अन्तराष्ट्रिय अनुभवहरु तथा नेपालमा गरिएको पहिलो आर्थिक गणनाको अनुभव तथा आगामी योजनाका बारेमा तथ्याकं समन्वय कार्यालय काभ्रेपलाञ्चोकले सरोकारवालासँग अन्र्तक्रिया गोष्ठी आयोजना गरेको छ । २०८२ फागुन महिना देखि नेपालमा दोश्रो आर्थिक गणना आरम्भ हुनेछ । नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य मञ्जुकुमार कोँजुको प्रमुख आतिथ्यता तथा राष्ट्रिय तथ्यांक कार्यालयका राष्ट्रिय लेखा तथ्यांक महाशाखा, आर्थिक तथ्यांक महाशाखा उपप्रमुख तथ्यांक अधिकारी डा.शरदकुमार शर्माको सभापतित्वमा सम्पन्न भएको थियो ।

तथ्याङ्क अधिकारी डा. शर्माका अनुसार

     गोप्य विवरण सार्वजनिक गरिदै ‘आर्थिक कृयाकलापका विषयमा दर्ता भए नभएको, कर तिरे नतिरेको जस्ता विषय सार्वजनिक हुँदैनन’, दर्ता नभएका तर हरेक दिन एकै स्थानमा ब्यापार ब्यवसाय उद्योग व्यवसाय, कृषिफम, गरिरहने ठेलागाडाको सम्म तथ्यांक संकलन बताउनुभयो । कार्यक्रममा धुलिखेल उद्योग बाणिज्य संघका अध्यक्ष कोमलसुन्दर श्रेष्ठ नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपानेले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममाराष्ट्रिय तथ्यांक कार्यालय आर्थिक गणना शाखाका निर्देशक डा.बेदप्रसाद ढकालले आर्थिक गणना र प्रश्नावलीका बारेमा कार्यपत्र प्रस्तुत गनृुभयो । आर्थिक गणना, अन्र्तराष्ट्रिय अनुभवहरु, नेपालमा आर्थिक गणना, पहिलो आर्थिक गणना, राष्ट्रिय आर्थिक गणनाका उदेश्यहरु, आर्थिक गणना किन ? आर्थिक गणनाले समेटेका क्षेत्र, गणनाको एकाई, गणना विधी, राष्ट्रिय तथ्यांक संकलन विधि, आर्थिक गणनाको प्रश्नावली र आगामी तयारीका बारेमा जानकारी गराउनु भयो ।

काभ्रे जिल्लामा १४ हजार २ सय प्रतिष्ठान

     जिल्ला तथ्यांक अधिकारी दीपक कोईरालाले तथ्यांक र आर्थिक तथ्यांकका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभयो । तथ्यांकको परिभाषा र आवश्यकता, तथ्यांकका सरोकारवाला, आर्थिक तथ्यांक, आर्थिक तथ्यांक संकलनमा देखिएका समस्या, चुनौती, सरोकारवाला निकायको भूमिकाका बारेमा कोईरालाले कार्यपत्र मार्फत जानकारी गराएका थिए । २०७५ सालमा गरिएको आर्थिक गणनामा काभ्रेपलाञ्चोक जिल्लामा १४ हजार २ सय ८२ वटा प्रतिष्ठानमा ५४ हजार ५ सय ७५ जना संलग्न रहेको देखिएको थियो । जसमा पुरुष ३२ हजार ६ सय ५० र महिला २१ हजार ९ सय २५ जना थिए । पालिकागत रुपमा पनि तथ्यांक सार्वजनिक गरिएको थियो । सबै भन्दा कम खानिखोलामा ४ सय ६० र सबै भन्दा धेरै बनेपामा ४ हजार ३ सय ५९ वटा प्रतिष्ठान रहेका छन् ।

     कार्यक्रममा तथ्यांक समन्वय कार्यालय काभ्रेका अधिकृतद्धय दिपेन्द्र धामी र खगेन्द्र पौड्याल, तथ्यांक कार्यालयका सुपरिवेक्षक सन्तोष कार्की लगायतले आर्थिक गणना र तथ्यांकका सवालमा जानकारी गराएका थिए । सहभागिहरुले आर्थिक गणना तथा सरकारी कार्यालयहरुले प्रदान गर्ने सेवालाई गुणस्तरीय बनाउन सुझाव दिएका थिए । विशेषगरी उद्योगी ब्यवसायीहरुले अनलाईन मार्फत गरिने ब्यापारलाई करको दायरामा ल्याउन सुझाव दिएका थिए । नेपाल सरकारले आर्थिक वर्ष २०८२÷२०८३ को नीति तथा कार्यक्रममा आर्थिक गणना २०८२ सम्पन्न गर्ने गरी पास गरेको थियो । आर्थिक गणनाका लागि सूचिकरण र मुख्य प्रश्नावली फाराम तयार गरिएको छ । विभिन्न १८ प्रकारका क्षेत्रहरु आर्थिक गणनामा समावेस गरिने जनाएको छ । आर्थिक तथ्याङ्कले अर्थतन्त्र कसरी चलिरहेको छ, भावी दिनहरुमा अर्थतन्त्र कसरी राम्रो हुन्छ भन्ने संकेत देखाउँछन् ।

     आर्थिक वर्ष २०८१÷०८२ को कुल ग्राहस्थ उत्पादनमा ६१ खर्ब आर्थिक वृद्धिदर ४.१ प्रतिशत, प्रतिव्यक्ति अय १५१७ अमेरीकी डलर, कुल ग्राहस्त उत्पादनमा कृषि क्षेत्रको योगदान २५.२ प्रतिशत खानी क्षेत्रको ०.५ प्रतिशत, थोक तथा खुद्रा व्यापारको १४.६, होटल क्षेत्रको २.५, शिक्षा क्षेत्रको ७.९ प्रतिशत, आयत निर्यात तर्पm १४ खर्ब ९५ अर्ब ऋणात्यक रहेको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्