गैर आवासीय नेपाली महासंघले दक्षिणी अमेरिकी मुलुक कोलम्बिया र ब्राजिलमा आफ्नो कन्ट्री शाखा बिस्तार गरेको छ । यसभन्दा अघि दक्षिणी अमेरिकी मुलुकमा एन आर एन एको एनसिसी गठन थिएन । कोलम्बियामा गैरआवासीय नेपाली संघ (एनआरएनए)को ९२ औं राष्ट्रिय समन्वय परिषद (एनसीसी)आइतबार स्थापना भएको छ । संघको अमेरिका क्षेत्रीय संयोजक वेध बस्नेतका अनुसार कोलम्बियामा गठन गरिएको तदर्थ समितिलाई मान्यता दिइएको हो ।
कोलम्बिया तदर्थ समितिको अध्यक्षमा छत्रबहादुर मैनाली, उपाध्यक्षमा लालबहादुर गुरुङ, महासचिवमा सुन्दर तामाङ, सचिवमा धनबहादुर तामाङ, उपसचिवमा प्रेमबहादुर छेत्री र कोषाध्यक्षमा मिथुन थापा चयन भएका छन् भने सदस्यहरूमा जितबहादुर गुरुङ, प्रविना राई र कमल शर्मा रहेका छन् । यस्तै, सल्लाहकार समिति सदस्यमा हर्कराम गुरुङ र उमेश थापालाई चयन गरिएको छ । समिति गठनले अबका दिनमा स्थानीय नेपाली समुदायलाई अझ संगठित बनाउने, संस्थाका नीति तथा कार्यक्रमहरू कार्यान्वयन गर्ने र एनआरएन अभियानलाई अझ प्रभावकारी बनाउने विश्वास लिइएको छ ।
यसैगरी ब्राजिलको तदर्थ समितिको संयोजकमा सन्देश लामिछाने सर्वसम्मत तदर्थ समितिमा साहस चौधरी, कृष्ण मास्की, शंकर बास्कोटा, हरिकृष्ण रेग्मी र बबिता गुरूङ क्रमशः उपाध्यक्ष, महासचिव, सचिव, उपसचिव र कोषध्यक्ष रहेका छन् । त्यस्तै सदस्यहरुमा रिताकुमारी गोले, प्रदीप चौधरी र महिला सदस्यमा तारा गैरे रहेका छन् । तदर्थ समितिको सल्लाहकारहरुमा डा। कृष्ण पाठक र राम बस्नेत चयन भएका छन् ।
् ब्राजिल र कोलम्बिया पछिल्लो समयमा नेपालीहरु गैरकानुनी रुपबाट अमेरिका पस्न आउने मार्गमा पर्ने देशका रुपमा परिचित छन् । जसलाई ‘तल्लोबाटो’ भनेर चिनिन्छ । तर, संघमा आवद्ध हुनका लागि ती देशहरुमा कानुनीरुपमा बसेको र वैधानिक व्यक्ति मात्र हुनुपर्ने प्रावधान छ । संयोजक सन्देश पोखरामा जन्मिएर बिगत १३ बर्ष देखि ब्राजिलमा कपडा ब्यबसाय गरिरह्नु भएको छ । लामिछानेका अनुसार ब्राजिलमा ५० भन्दा बढी नेपाली ब्यबसायी रहेका छन् ।
