IMG-LOGO

पाँचखालमा राष्ट्रिय सोतोकान कराते हुने

 मंगल, जेठ २८, २०८२  --

     बनेपा÷ काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकामा सोतोकान करातेको राष्ट्रियस्तरको प्रतियोगिता हुने भएको छ । नेपाल सोतोकान कराते डो एसोसिएसन, काभ्रेपलाञ्चोकले पत्रकार सम्मेलन गरेर आगामी जेठ ३० र ३१ ग्ते पाँचखालस्थित श्रीकृष्ण पार्टी प्यालेसमा प्रतियोगिता हुने जानकारी दिइयो । विभिन्न विधामा ३ सय खेलाडीवीच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ । २६ तौल समुहमा ७ जिल्लाका खेलाडीले प्रतिष्पर्धा गर्नेछन् । पत्रकार सम्मेलनमा आयोजक समितिका राजु दनुवार, गणेशबहादुर दनुवार, राममणि काफ्ले, सम्मान श्रेष्ठ, नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकका  शाखा अध्यक्ष विनोद न्यौपाने, मोहन गजुरेल लगायतले खेल र प्रतियोगिताको सवालमा मन्तव्य  राख्नु भएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्