IMG-LOGO

चित्रकला प्रतियोगितामा बालबाटिका प्रथम

 मंगल, जेठ २१, २०८२  – गौरब मानन्धर

 

     अन्तर विद्यालय जिल्लास्तरीय चित्रकला प्रतियोगिता २०८२ गत मंगलबार बनेपामा सम्पन्न भएको छ । कक्षा ४ र ५ मा अध्ययनरत ३२ वटा विद्यालयका ६४ जना विद्यार्थिहरु सहभागि भएको प्रतियोगितामा बालबाटिका विद्या मन्दिर सेकेन्डरी स्कुुल प्रथम, काभ्रे सेकेन्डरी स्कुल दोस्रो, एभरेष्ट एकेडेमी तेस्रो भए भने  सिदार्थ वनस्थली स्कुल पनौतिले सान्त्वना पुरस्कार पाएको थियो । काभ्रे प्याब्सनको आयोजनामा भएको प्रतियोगिता ईशा मेमोरियल स्कुल बनेपाको प्राङ्गणमा सम्पन्न भएको हो । सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्नो विद्यालयले पनि केही रकम खर्च गरि प्रतियोगिता गरिएको बनेपा प्याब्सनका सचीव एवं ईशा मेमोरियल स्कुलका प्रबन्ध निर्देशक नारायण जोशीले जानकारी दिनुभयो । काभ्रे प्याब्सनका अध्यक्ष श्याम भुजेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा संयोजक चन्द्रप्रसाद ताजपुरीया, प्याब्सनका पदाधिकारीहरु लगायत विद्यार्थीहरु सहभागी रहेका थिए ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्