IMG-LOGO

सनलाईट साकोसमा भवसागरको नेतृत्व

 मंगल, जेठ २१, २०८२  --

     श्रीखण्डपुर÷सनलाईट बचत तथा ऋण सहकारी संस्थाको विशेष साधारण सभाबाट भवसागर रञ्जीतकार अध्यक्षमा निर्वाचित हुनुभएको छ । समितिको कोषाध्यक्षमा मेनुका थापा र सदस्यमा दिपेन्द्र श्रेष्ठ रहेका छन् । संस्थामा रिक्त रहेका पदमा उप–निर्वाचनबाट पदपूर्ति गरिएको निर्वाचित अध्यक्ष रज्तिकारले बताए । साधारण सभाको उद्घाटन धुलिखेल नगरपालिका उप–प्रमुख निराजन जंगमले गरेका थिए । कार्यक्रममा पूर्व वडा अध्यक्ष गंगासागर रञ्जित, सल्लाहकार पूर्णबहादुर कर्माचार्य, जिल्ला सहकारी संघ लि.का सञ्चालक सदस्य पुर्णसागर रञ्जितकार लगायतले मन्तब्य राखेका थिए । कार्यक्रममा संस्थाका सचिव सुरेन्द्र सुद्दाकारले संस्थामा ९ करोडको कारोबार रहेको, ५८ लाख शेयर पुजी रहेको बताए । संस्थाले जेष्ठ सदस्य सम्मान, महिला, बाल सदस्यहरूलाई सम्मान, सिपमूलक तालिम प्रदान लगायत सामाजिक कार्यहरू गर्दै आएको सुद्धाकारले बताए । कार्यक्रमको सभापतित्व उपाध्यक्ष रविना मास्केले गरेकी थिईन् ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्