IMG-LOGO

उद्यमशीलता र आत्मनिर्भरताका लागि अन्तरक्रिया

 मंगल, जेठ २१, २०८२  --

     काभ्रे लेडिज जेसिजको आयोजना तथा बनेपा नगरपालिकाको समन्वयमा सातौं राष्ट्रिय महिला अधिकार दिवसको उपलक्ष्यमा ‘उद्यमशीलता र आत्मनिर्भरतामा महिला सक्रियता’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले महिलाको आर्थिक सशक्तिकरणलाई उनिहरूको उद्यमशीलता प्रबद्र्धन गर्न नीतिगत, सामाजिक र आर्थिक सहयोग आवश्यक रहेको बताउनु भयो । नगरपालिकाले विभिन्न महिला उद्यमीहरूलाई शिपमूलक तालिम प्रदान गरी आत्मनिर्भर बनाउदै आएको शाक्यले बताउनुभयो । कार्यक्रममा उप–प्रमुख विमला सापकोटाको आतिथ्यता रहेको थियो । कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा अधिकृत भगवती तामाङ राष्ट्रिय जेसिजका पूर्व उपाध्यक्ष राजाराम गौतम, काभ्रे बहिरा विद्यालयकी प्रधानाध्यापक कृष्णप्यारी नकर्मी, नगरपालिकाका कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, काभ्रे लेडिज जेसिजका पदाधिकारीहरू, विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत मन्तब्य काभ्रे लेडिज जेसिजकी कोषाध्यक्ष मन्जु घिमिरेले गर्नुभएको थियो । सञ्चालन महासचिव मनिका शाक्यले गरेकी थिईन् । कार्यक्रमको सभापतित्व काभ्रे लेडिज जेसिजकी अध्यक्ष रविना सेवाचार्यले गर्नुभएको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्