IMG-LOGO

पनौती नगर पूर्ण खोप सुनिश्चित दिगोपन घोषणा

 मंगल, जेठ २१, २०८२  --

     पनौती नगरपालिकालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरिएको छ । नगर प्रमुख रामशरण भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला खोप समन्वय समिति काभ्रेका अध्यक्ष दिपक गौतमको प्रमुख आतिथ्यता रहेको थियो । जिल्ला खोप समन्वय समिति काभ्रेले पनौती नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता सहितको दिगोपना पालिका घोषणा गर्दै प्रमाणपत्र प्रदान गरेको हो । समन्वय समिति प्रमुख दिपक गौतमले नगर प्रमुख रामशरण भण्डारीलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

     कार्यक्रममा उपप्रमुख गिता बञ्जारा, प्रमुख प्रशाशकीय अधिकृत दामोदर शर्मा, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, स्वास्थ्य शाखा प्रमुख जनक केसी, जनस्वास्थ्य कार्यालय काभ्रेका जनस्वास्थ्य अधिकृत दिपेन्द्र श्रेष्ठ, नगरपालिका सामाजिक विकास समिति संयोजक एवं वडा अध्यक्ष विपिन लामा, स्वास्थ्य चौकी प्रमुख दिनमान, महिला स्वास्थ्य स्वंयसेविका ममता भारती लगायतले मन्तब्य राख्नुभएको थियो ।

     कार्यक्रममा पनौती नगरपालिकामा रहेका खोप लगाउन पर्ने २३ महिनासम्मका बालबालिकाहरुलाई पूर्ण खोप लगाउन पर्ने उमेर समुहका सबैले खोप लगाईसके पछि वडा स्तरबाट घर धुरी सर्वेक्षण, वडा स्तरमा पूर्ण खोप घोषणा सहित नगर घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख जनक केसीले बताउनुभयो । सबै बालबालिकाहरुलाई पूर्ण खोप पाए पछि पूर्ण खोप घोषणा कार्यक्रम आयोजना गरी वडाहरुलाई समेत प्रमाणपत्र वितरण गरिएको थियो । हरेक वर्ष वडा, पालिका हुँदै जिल्लालाई पूर्ण खोप घोषणा गरिदै आएको छ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्