IMG-LOGO

सापकोटाको ‘यात्राको लय’ को चर्चा

 मंगल, जेठ २१, २०८२  --

 

     काठमाडौं । नियात्राकार प्रदीप सापकोटाको नियात्राकृति ’यात्राको लय’माथि चर्चा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । उत्पला क्याफे बौद्धमा भएको कार्यक्रममा विभिन्न समीक्षक एवं चर्चाकारहरुले यात्राको लयमाथि परिचर्चा गरे । सपाट वर्णनमात्र नियात्रा  नहुने भन्दै वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ रोदनले पचासको दशकपछि नियात्रा नेपाली साहित्यमा थप चलायमान भएर आएको बताए । प्रदीप सापकोटाको यात्राको लयमा पाठकलाई सँगै डोर्याएर लान सक्ने सामाथ्र्य छ भन्दै उनले निजात्मक अनुभूति र भावनालाई स्थानीयतामा डुबेर नियात्रा लेखेका छन् ।

     अर्का चर्चाकार वरिष्ठ नियात्राकार जय छाङ्छाले ’यात्रको लय’मार्फत प्रदीप सापकोटाले एउटा आशावादी नियात्राकारको रुपमा आफुलाई उभ्याएको बताए । अर्का चर्चाकार निबन्धकार श्रीबाबु कार्कीले तत्कालिन द्धन्दकालको झल्को दिने नियात्राहरु बढी रहेको ’यात्राको लय’मा नेपाल यात्राकै पेरिफेरिमा प्रायः नियात्राहरु रहेको बताए । उनले कृतिमाथि चर्चा गर्दै नियात्राकारले जहाँ जान्छन् त्यहाँका सुक्ष्म कुराहरु जुन कुराले उनको मन छुन्छ तिनीहरुलाई आफ्नो नियात्राको विषय बनाएका छन् । अनुभूति र नजिकका सबै दृश्यहरु नियात्राकारको ब्रम्हबाट तानिएका छन् ।

     बरिष्ठ नियात्राकार पवन आलोकले आफुले यात्राको लय पढेको भन्दै मन छोएको बताए । यसैगरी राधेश्याम लेकालीले कृतिकार प्रदीप नियात्राकार र सञ्चारकर्मी दुबैमा अब्बल देखिएको बताए । अर्का वक्ता डा.शैलेन्दुप्रकाश नेपालले प्रदीप सापकोटाको लेखनी राम्रै रहेको आफुलाई लागेको बताए । नियात्राकार प्रदीप सापकोटाले रहरले लेख्न सुरु गरेकोमा थप जिम्मेवार भएर लेख्न पर्ने महसुस गरेको बताए । सुसेलीका प्रवद्र्धक दुर्गाप्रसाद अधिकारी भमरकोटेले केही सुसेली प्रस्तुत गरे । सुनकोसी वाङ्मय प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालको सहजीकरणमा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य कोषाध्यक्ष तारा केसीले राखेकी थिइन् । इ खबरनेट मिडिया पार्टनर रहेको उक्त कार्यक्रममा साहित्यक्षेत्रका विभिन्न अग्रजहरुको सहभागिता थियो । सापकोटाको ’यात्राको इन्द्रेणी रंग’ नियात्रासंग्रह पनि प्रकाशित छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्